जेठ ९ गते यस समितिले मन्त्रालयका सचिवहरू, संवैधानिक आयोगका सचिवहरू तथा संसदीय समितिका सभापतिहरूसँग प्रत्यायोजित विधायनको सम्बन्धमा अन्तर्क्रिया तथा छलफल


-२०७६ जेठ ९ गते नेपाल सरकारको सबै मन्त्रालयका सचिव, संबैधानिक आयोगका सचिवहरु तथा सङ्घीय संसदका संसदीय समितिका सभापतिहरुलाई प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित विधायनको निर्माण, निर्माण प्रक्रिया तथा सीमाहरुबारे एकदिने अन्तर्क्रियात्मक कार्यक्रम गरिने भएको छ । कार्यक्रम विहान ७ ः०० वजेदेखि अपराह्न ४ ः०० वजे सम्म दुई चरणमा गरिने भएको छ । विहान ७ः०० वजे देखि १२ः०० वजेसम्म नेपाल सरकारका सचिवहरुहरु संगको छलफल  तथा १ः०० वजेपछि माननीय सभापतिज्यूहरुसँग हुने समिति सचिवालयले कार्यक्रम तय गरेको छ । यस कार्यक्रमका प्रस्तोता श्री तिर्थमान शाक्य, श्री माधव पौडेल लगायतका  कानुनविद्हरु हुुनुहुन्छ ।