- मिति २०८२/०९/१४ गते, बिहान ११:३० बजे बस्ने समितिको ३१६औँ बैठक
सूचना
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
- सरुवा रोग र नसर्ने रोगको बर्तमान अवस्था, अपाङ्गहरुको उपचारमा फिजियोथेरापीको प्रयोग, स्वास्थ्य बिमाको कार्यान्वयन, यसको समस्या तथा चुनौति,
- समितिले यस अघि दिएका निर्देशनहरु (स्वास्थ्य क्षेत्रको समग्र सुधार र क्यान्सर रोग न्यूनीकरण, रोकथाम र उपचारको विधिलाई व्यवस्थित गर्न क्यान्सर विरुद्धको १२ बुँदे “काठमाडौं घोषणा”) को कार्यान्वयन प्रगति अवस्था।
- विविध।
समयः बिहान ११:३० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।