मिति २०८२/०७/२५ गते, बिहान १०:०० बजे बस्ने समितिको ३११औँ बैठक
सूचना
राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक देहायको मिति, समय, स्थानमा बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका विषयहरु
- जेनजी (Gen-Z) आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरु सम्बन्धमा ।
- विविध।
समयः बिहान १०:०० बजे,
स्थानः संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्ष,
भवन नं. २, कोठा नं.३१३।