लेख उपलब्ध गराउने सम्बन्धी सूचना


संघीय संसद सेवा दिवस मूल समारोह समिति

स्मारिका प्रकाशन उपसमिति

सूचना

मितिː २०७८/०६/२२
 
विषयː लेख उपलब्ध गराउने सम्बन्धमा ।
 
      प्रस्तुत विषयमा आगामी २०७८ मंसिर २८ गते मनाइने संघीय संसद सेवा दिवसको अवसरमा “स्मारिकाˮ प्रकाशन गर्ने प्रयोजनार्थ देहायको विषयक्षेत्र अन्तर्गत रही विशिष्ट कुनै एक शीर्षकमा लेख तयार पारी संघीय संसद सेवा दिवस मूल समारोह समिति अन्तर्गतको स्मारिका प्रकाशन उपसमितिमा यही मिति २०७८ कार्त्तिक १५ गते भित्र उपलब्ध गराइदिनुहुन संघीय संसदका माननीय सदस्यहरु, पूर्व सदस्यहरु, सचिवालयमा कार्यरत कर्मचारीहरु तथा पूर्व कर्मचारीहरु एवं विषय-विज्ञहरुमा हार्दिक अनुरोध गरिन्छ ।

लेखसँग सम्बन्धित विषयक्षेत्रː
  • संविधान,
  • कानून निर्माण,
  • संसदीय प्रक्रिया,
  • नेपालमा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको अभ्यास,
  • विकासका समसामयिक पक्षहरु ( दिगो विकास, लैंगिक विकास, सामाजिक न्याय, जलवायु परिवर्तन, लोकतन्त्र र मानवअधिकार),
  • संघीयता र हाम्रो अभ्यास,
  • संसद सचिवालय गतिविधि सार,
  • आर्थिक अनुशासन र बेरुजु न्यूनीकरण,
  • अन्तर व्यवस्थापिका संघ,
  • कुटनीतिक शिष्टाचार,
  • प्रशासन र व्यवस्थापन,
  • संघीय संसदको कार्यक्षेत्र अन्तर्गतका अन्य समसामयिक विषय
  • सार्वजनिक जीवनका मूल्यमान्यताहरु ।                               
 लेख सम्बन्धी शर्तहरुː
  • लेख सैद्धान्तिक साथै व्यवहारिक पक्षलाई समेटिएको हुनुपर्नेछ ।
  • मौलिक, अनुभवमा आधारित, समयसापेक्ष र नविनतम दृष्टिकोणयुक्त एवं अनुसन्धानमूलक हुनुपर्नेछ ।
  • लेख समसामयिक, सान्दर्भिक, विशिष्ट राष्ट्रिय अवस्था र अन्तर्राष्ट्रिय नवीनतम अभ्यास एवं प्रकृति झल्कने खालको हुनुपर्नेछ ।
  • लेख २५००-३५०० शब्दसम्मको हुनुपर्नेछ ।
  • लेख नेपालीमा कालीमाटी फन्ट १० साइज वा अंग्रेजीमा Times New Roman फन्ट १२ साइजमा हुनुपर्नेछ ।
  • लेखका साथ हालसालै खिचिएको पासपोर्ट साइजको १ प्रति फोटो र लेखको Softcopy  र Hardcopy दुवै उपलब्ध गराउनुपर्नेछ ।
  • लेख निर्धारित समयावधिभित्र उपसमिति समक्ष उपलब्ध गराउनु पर्नेछ ।
  • एकै शीर्षकमा एकभन्दा बढी लेख प्राप्त भएमा स्मारिका प्रकाशन समितिको निर्णयानुसार उत्कृष्ट ठहरिएको लेखलाई प्राथमिकता दिइनेछ ।
  • अन्यत्र प्रकाशन नभएका लेखमात्र प्रकाशनको लागि ग्राह्य हुनेछन् ।
  • लेखमा अन्य विषयहरुको अतिरिक्त कार्यकारी सारांश ( Abstract), निष्कर्ष (Conclusion), सन्दर्भ सामग्री (References), र आवश्यकतानुसार उद्धरण (Citation) उल्लेख भएको हुनुपर्नेछ ।
  • प्रकाशित लेखका लागि सचिवालयले नियमानुसारको पारिश्रमिक उपलब्ध गराउने छ ।
 
सम्पर्क व्यक्तिː
शा.अ. श्री सबिना चालिसे
सम्पर्क नं. ९८४९०२९३७७
Email: samsadsmarika@parliament.gov.np
(सबिना चालिसे)
सदस्य-सचिव