दैनिक कार्यसूची : २०७८ असोज २५ गते सोमवार


 

संघीय संसद

राष्ट्रिय सभा

दशौँ अधिवेशन

बैठक - १३

२०७८ असोज २५ गते सोमवार
दिनको १:०० बजे

दैनिक कार्यसूची

 

 

    राष्ट्रपतिको कार्यालयको पत्र
 
   
१. सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने।
 
 
    प्रतिवेदन पेश
 
   
२. सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले तपसिल बमोजिमका प्रतिवेदनहरू सभा समक्ष पेश गर्नुहुने:-
 
 
  (क) राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन, २०७७/०७८
 
   
  (ख) मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८
 
   
  (ग) मुस्लिम आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७
 
   

 

 

व्यवस्थापन कार्य

 

 

३.

विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने।
 

 

४. माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०७६ लाई फिर्ता गर्न सभाको सहमतिको लागि प्रस्ताव प्रस्तुत गर्नुहुने।  
         

 

 

(डा. भरतराज गौतम)  
संघीय संसदको महासचिव

  * कार्यसूचीको क्रमसङ्ख्या २ र ३ मा रहेका विषयहरू कार्यसूचीबाट हटाई बाँकी विषयमा मात्र सदनमा कारबाही भएको।