राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन सम्बन्धी सूचना


 

संघीय संसद

राष्ट्रिय सभा

 

सूचनापत्र-४

२०७८ असोज २२ गते

शुक्रवार
 

 

 

मिति २०७८ साल असोज १८ गते सोमवार बिहान ११:०० बजेको बैठकबाट मिति २०७८ साल असोज २४ गते आइतवार दिनको २:०० बजे बस्नेगरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश उक्त मिति र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (२) बमोजिम सम्माननीय अध्यक्षज्यूले मिति २०७८ साल असोज २५ गते सोमवार दिनको १:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
 

 

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव