दैनिक कार्यसूची : २०७८ असोज ७ गते बिहीवार


 

संघीय संसद

राष्ट्रिय सभा

दशौँ अधिवेशन

बैठक - ८

२०७८ असोज ७ गते बिहीवार
दिनको २:०० बजे

दैनिक कार्यसूची

 

 

         
    राष्ट्रपतिको कार्यालयको पत्र
 
   
१. सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने।
 
 

 

 

व्यवस्थापन कार्य

 

 

२.

विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने।

 

         

३.

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले,-

 

  (क) “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
 
 
  (ख) “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
 
 
  (ग) “अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
 
 
  (घ) “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
 
 
     विनियोजन विधेयकमाथिको छलफल
 
   
४.   विनियोजन विधेयक, २०७८ मा उल्लिखित शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने। 
 
 
५.   विनियोजन विधेयक, २०७८ मा उल्लिखित शीर्षकहरू माथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ दिनुहुने।
 
 
६.   माननीय अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।
 
 
         

 

 

(डा. भरतराज गौतम)  
संघीय संसदको महासचिव

 * कार्यसूचीको क्रमसङ्ख्या २ र ३ मा रहेका विषयहरू कार्यसूचीबाट हटाई बाँकी विषयमा मात्र सदनमा कारबाही भएको।