दैनिक कार्यसूची : २०७८ साउन २८, बिहीवार


 

संघीय संसद

राष्ट्रिय सभा

नवौँ अधिवेशन

बैठक - १२

२०७८ साउन २८ गते बिहीवार
बिहान ११:०० बजे

दैनिक कार्यसूची

 

 

 

 


 मन्त्रीको वक्तव्य

 

 

१.

माननीय अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउनुहुने।

 

 

 

 

 

 

व्यवस्थापन कार्य

 

 


२.


सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले-

 

 

(क)

“अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।

 

 

(ख)

“सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।

 

     

३.

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “लोक सेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।

 

४.

माननीय ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले “विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।

 

 

 

 

 

 

 

 

(डा. भरतराज गौतम)  
संघीय संसदको महासचिव