दैनिक कार्यसूची : २०७७ असार १५ गते
|
संघीय संसद राष्ट्रिय सभा छैटौँ अधिवेशन बैठक - 3२ २०७७ असार १५ गते सोमवार दिनको १:०० बजे दैनिक कार्यसूची |
||
राष्ट्रपतिको कार्यालयको पत्र |
|||
१. |
सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त देहाय बमोजिमका विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेः- |
||
(क) |
शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७६ । | ||
(ख) |
खेलकुद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ । |
||
(ग) |
रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६। |
||
प्रतिवेदन पेश |
|||
२. |
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका माननीय सभापति रामनारायण विडारीले “राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापन सम्बन्धी प्रतिवेदन, २०७७” सभा समक्ष पेश गर्नुहुने । |
||
व्यवस्थापन कार्य |
|||
३. |
माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
४. |
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले “संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
(डा. भरतराज गौतम) संघीय संसदको महासचिव |