दैनिक कार्यसूची : २०७७ असार ८ गते


संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - २९

२०७७ असार ८ गते सोमवार

दिनको १:०० बजे

दैनिक कार्यसूची

 
    प्रतिवेदन पेश  
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७५/०७६” सभा समक्ष पेश गर्नुहुने   
 

 

व्यवस्थापन कार्य

 

विधायन व्यवस्थापन समितिका माननीय सभापति परशु राम मेघी गुरुङले देहाय बमोजिमका प्रतिवेदनहरू सभा समक्ष पेश गर्नुहुनेः-

 

(क)

“अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन ।

 

(ख)

“भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन ।

माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले,-

 

(क)

प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा  गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

 

(ख)

“केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ पारित गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाले,-
 

(क)

“आर्थिक विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

 

(ख)

“आर्थिक विधेयक, २०७७ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

 

(ग)

“राष्ट्र ऋण उठाउने विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

 

(घ)

“राष्ट्र ऋण उठाउने विधेयक, २०७७ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

 

(ङ)

“ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

 

(च)

“ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

     
   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव