दैनिक कार्यसूची : २०७७ जेठ २९ गते
|
संघीय संसद राष्ट्रिय सभा छैटौँ अधिवेशन बैठक - २० २०७७ जेठ २९ गते बिहीवार बिहान ११:०० बजे दैनिक कार्यसूची |
||
व्यवस्थापन कार्य | |||
१ |
माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "विनियोजन विधेयक, २०७७ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
२ |
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले “प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
३ |
माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले,- |
||
(क) प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित "बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।
(ख) "बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ लाई पारित गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
|||
(डा. भरतराज गौतम) संघीय संसदको महासचिव |