दैनिक कार्यसूची : २०७७ जेठ २७ गते


संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - १८

२०७७ जेठ २७ गते मङ्गलवार

बिहान ११:०० बजे

दैनिक कार्यसूची

 
    व्यवस्थापन कार्य  

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले “प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६” लाई सभा समक्ष पेश गर्नुहुने ।

माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले "स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने

3

कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय घनश्याम भुसालले,-

 

(क) प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित "बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

 

(ख) प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव