प्रतिनिधि सभाका माननीय सदस्यहरुको लागि सूचना


मितिः २०७६/०२/०७

विषयः संशोधन पेश गर्ने सूचना ।

प्रस्तुत विषयमा प्रतिनिधि सभाको सम्वत् २०७६ साल जेठ ०७ गतेको बैठकबाट देहायका विधेयकहरु उपर सामान्य छलफल समाप्त भइसकेको हुँदा संशोधन पेश गर्न चाहनु हुने माननीय सदस्यहरुले आफूले चाहेको संशोधन सहितको सूचना प्रतिनिधि सभा नियमावली¸ २०७५ को नियम ११२(१) मा उल्लिखित शर्तको अधिनमा रही देहायको स्थान, मिति र समयभित्र उपलव्ध गराउनु हुन अनुरोध छ।

सि.नं. विधेयकको नाम स्थान मिति समय
वन विधेयक, २०७५

विधेयक शाखा
(भवन नं १, कोठा नं ३११)

२०७६ जेठ १० गते शुक्रबार १५:०० बजेसम्म
वातावरण संरक्षण विधेयक, २०७५ विधेयक शाखा 
​(भवन नं १, कोठा नं ३११)
२०७६ जेठ १० गते शुक्रबार १६:०० बजेसम्म
भूमी सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५ विधेयक शाखा 
​(भवन नं १, कोठा नं ३११)
२०७६ जेठ १० गते शुक्रबार १८:०० बजेसम्म

 

संशोधन सूचना.pdf