राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा शपथ ग्रहण


१ चैत्र ।  सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका नवनिर्वाचित सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

नेकपा एमोलबाट राष्ट्रियसभा  सदस्यमा निर्वाचित तिमिल्सिनालाई बुधबार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा निर्वाचित गरेको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा सम्माननीय उपराष्ट्रपति,  सम्माननीय प्रधानमन्त्री, सम्माननीय कामु प्रधानन्यायाधीश, माननीय मन्त्रीहरु, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिती रहेको थियो।