२० औँ अधिवेशनको पूर्वतयारी


राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको कार्यकक्ष सिंहदरबारमा बसेको छ।
बैठकले भोलिदेखि शुरु हुने २० औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन तथा नवनिर्वाचित सदस्यहरुलाई समितिमा विभाजन लगायतका विषयमा छलफल गरेको थियो। 

छलफलका विषयहरू
१. सभाको आगामी बैठकको कार्यसूचीको सम्बन्धमा 
२. सभामा सीट प्लान सम्बन्धमा
३. सभाको प्रस्तावित कार्यतालिका सम्बन्धमा

  • कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन
  • समितिमा सदस्यहरुको मनोनयन
  • उपाध्यक्षको निर्वाचन 
  • सभापतिको निर्वाचन
  • सभामा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन
४. दलका नेताको शुभकामना मन्तव्यको समय निर्धारण सम्बन्धमा
५. विविध ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको २० औँ अधिवेशन सफल बनाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको अपेक्षा गरेको बताउँदै सहकार्य र सहजीकरणका लागि आग्रह गर्नुभयो।

ट्यागहरु: