राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष दाहाल र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ जीबीच भेटवार्ता
काठमाडौँ, जेठ २ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ जीसँग भेटवार्ता गर्नुभएको छ। नेपाल भ्रमणमा रहनुभएका उपाध्यक्ष जीसँग आज (शुक्रबार) संघीय संसद भवन बानेश्वरमा भेटवार्ता गर्नुभएको हो।
भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो।
सो अवसरमा अध्यक्ष दाहालले नेपाल-चीन सम्बन्ध मानव सभ्यताको विकाससँगै शुरु भएको चर्चा गर्दै पछिल्ला वर्षहरुमा दुई देशबीचको सम्बन्ध झन निकट र प्रगाढ रहेको बताउनु भयो।
“दुई देशबीचको सम्बन्ध युगौं पुरानो र सभ्यतासँगै विकसित हुँदै आएको छ। भृकुटी र अरनिको जस्ता ऐतिहासिक व्यक्तित्वले निर्माण गरेको हाम्रो सम्बन्ध निरन्तर विकास र सुदृढ हुँदै गएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “भविष्यमा हाम्रो मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने कुरामा म विश्वस्त छु।”

अध्यक्ष दाहालले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिनेमा आफूहरु दृढ रहेको बताउनु भयो।
राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक एवम् संसदीय भ्रमणहरुले दुई देशको सम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष दाहालले बताउनु भयो।
चीनले बीआरआई लगायत विभिन्न माध्यामबाट नेपालको आर्थिक, सामाजिक विकासका लागि पूर्वाधार विकासका क्षेत्रमा सहयोग गरिरहेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “दुई देशबीच संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार निर्माण, कनेक्टिभिटी, सूचना प्रविधिको विकास लगायत बहुआयामिक क्षेत्रहरूमा आपसी सहयोग एवं सहकार्य बढेकोमा खुसी लागेको छ।”
दुई देशबीच भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुने आशा व्यक्त गर्दै अध्यक्ष दाहालले चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो।
नेपालले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुन आएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष दाहालले सगरमाथा संवादले सरोकारवाला सबैलाई एकै ठाउँमा ल्याएर अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय मुद्दा एवम् चुनौतीहरू सम्बोधन गर्नका लागि सहमति र सहकार्य अघि बढाउन सहयोग पुर्याउने बताउनु भयो। नेपालले जलवायु परिवर्तनको असरबाट हिमाल र मानव समुदायको भविष्य जोगाउन सगरमाथा संवादको थालनी गरेको पनि उल्लेख गर्नुभयो।
नेपाली जनताको ठूलो त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नयाँ संविधानमार्फत् जनताका हक अधिकार सुनिश्चित गरिएको बताउनु भयो। शान्ति प्रक्रियाका बाँकी कामहरु पनि छिट्टै पूरा गर्ने बताउँदै अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा चीनको महत्त्वपूर्ण सहयोग रहेको बताउनु भयो।
पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडान हुनेमा आफू आशावादी रहेको भन्दै अध्यक्ष दाहालले नेपालको पर्यटन प्रवर्धन, दुई देशबीचको हवाइ सेवा बिस्तार र आर्थिक विकासका लागि पनि चीन सरकारले ती विमानस्थलमा नियमित उडान सुचारु गर्न पहल गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो।

सो अवसरमा चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जीले नेपाल चीनको असल छिमेकी देश भएको बताउनु भयो। उहाँले नेपाल रणनीतिक, सांस्कृतिक तथा सामाजिक हिसाबले निकै महत्त्वपूर्ण छिमेकी भएको भन्दै दुई देशले क्षेत्रीय तथा पारस्पारिक विकासमा सहयोगमा गरिरहेको बताउनु भयो।
नेपाल विगतदेखि नै एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गर्दै उहाँले चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने नीतिको प्रशंसा गर्नुभयो।
जलवायु परिवर्तनको अवसर न्यूनीकरणका लागि नेपालले गरेको प्रयास निकै सह्रानीय रहेको भन्दै उपाध्यक्ष जीले नेपाल र चीन दुवै देश ट्रान्स हिमालयन राष्ट्र भएकाले यसका चुनौती र अवसर पनि साझा भएको बताउनु भयो।
चीनले नेपालको सामाजिक, आर्थिक विकासका लागि निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा पनि त्यसलाई बढाउँदै लैजाने बताउनु भयो। नेपालमा चीनको लगानी, दुई देशबीचको सांस्कृतिक आदानप्रदान, जनस्तरको सहकार्य र शैक्षिक सम्बन्ध वृद्धि हुँदै गएको उपाध्यक्ष सियाओको भनाइ थियो।
दुई देशका संसदीय मैत्री समूह, अन्य मैत्री समूह, संघ संस्थाहरुको माध्यमबाट अनुभव आदानप्रदानमा निकै सहयोगी बनेको चर्चा गर्दै उहाँले आगामी दिनमा संसदीय भ्रमणलाई निरन्तरता दिने पनि बताउनु भयो।
भेटमा पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य वर्षमान पुन, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याल, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली लगायत सहभागी हुनुहुन्थ्यो।
चिनियाँ पक्षबाट राजदूत छेन् सोङसहित उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो।