संविधान दिवसको अवसरमा राष्ट्रिय सभा अध्यक्षज्यूको शुभकामना सन्देश
संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस अवसरमा राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते, अपाङ्गहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।
नेपालको राजनीतिक इतिहासमा संविधान सभाबाट संविधान निर्माण गर्नु ऐतिहासिक परिघटना हो। आफैले चुनेका प्रतिनिधिहरूले बनाएको संविधानबाट शासित हुने सात दशकभन्दा लामो समयदेखिको नेपाली जनताको चाहना वर्तमान संविधानबाट पूरा भएको छ। दश वर्षे सशस्त्र युद्ध, २०६२/६३ को जनआन्दोलन लगायत राजनीतिक परिवर्तनका लागि भएका मधेश आन्दोलन, आदिवासी जनजाति, थारू, दलितका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा संविधान सभाबाट वि.सं. २०७२ असोज ३ गते संविधान जारी भएको हो।
सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने गरि जारी संविधानमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी/समानुपातिक प्रणालीलगायतका महत्वपूर्ण उपलब्धि लिपिबद्ध गरिएको छ। सबै नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानून संविधान जारी गरिएको यस दिनले हामी सबैलाई संविधान कार्यान्वयन र यसको पूर्ण पालनाका लागि प्रेरणा दिने मैले विश्वास लिएको छु।
संविधान गतिशील दस्तावेज हो। यसको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार र परिमार्जन स्वभाविक प्रक्रिया हो। तर संविधान संशोधन प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातिर हुनु जरुरी छ। पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क संविधान निर्माणकर्ता र संविधान स्वयंका लागि मान्य हुन सक्दैनन्। विगतमा गरिएका उपलब्धिमा गर्व र गर्न नसकिएका विषयमा समीक्षा गर्दै अघि बढ्नुमा नै संविधान दिवस मनाउनुको सार्थकता हुनेछ।
संविधान जारी भएयता संघीय संसदले थुप्रै ऐन बनाए पनि अझैं केही महत्वपूर्ण कानुन बनाउन बाँकी छन्। संविधानले आवश्यक देखेका कानुन छिटो बनाई जनताको बलमा स्थापित शासन व्यवस्थाको संस्थागत गर्नु हामी सबैको दायित्व हो। आजको दिनले हामी सबैलाई संविधानको कार्यान्वयनमा प्रतिबद्ध रहन, संविधानको इमान्दारितापूर्वक पालना गर्न र जनताप्रति उत्तरदायी बन्न प्रेरणा प्राप्त होस्, संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।
वि.सं. २०८१ असोज ३, बिहीबार
नेपाल सम्वत् ११४४ यंलागाः २, बिहीबार
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा