सङ्घीय संसद्को प्रतीक चिह्न परिवर्तन


जेठ १३, काठमाडौं। सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा अध्यावधिक गरेसँगै सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) परिवर्तन गरिएको छ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू-भाग समेटिएको नक्सासहितको लोगो परिवर्तन गरिएको हो। सङ्घीय संसद्का दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको केही दिनअघिको बैठकले सङ्घीय संसद्को लोगो र सांसदले प्रयोग गर्ने लोगोमा नेपालको अद्यावधिक नक्सा राख्ने निर्णय गरेको थियो।

सरकारले यही जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो।