नाम: विमला घिमिरे
उमेर: 52 बर्ष
बिस्तृत विवरण
पारिवारीक पृष्ठभूमि:
  • जन्म:      साविक ढिकुरा गाविस वडा नं.७ हाल भुमिका स्थान वडा नं. २ ढिकुरा अर्घाखाँची
  • आमा:      रुपकला घिमिरे
  • वुवा:        दिन प्रसाद घिमिरे
  • जन्म मिति: २०२९ साउन १२ गते
  • श्रीमान्:    दुर्गाप्रसाद आचार्य
  • छोरा:       गौरव र दर्शन आचार्य
  • स्थायी ठेगाना: बाणगंगा नगरपालिका वडा नं ८ ढोडेकोल, कपिलवस्तु
  • अस्थायी ठेगाना: काठमाण्डौ महानगरपालिका  वडा नं. ३२ संखमुल
  • शिक्षा: शारदा उच्च मावि अर्घाखाची र बाँणगंगा मावि गजेहडा कपिलवस्तु
 
राजनैतिक पृष्ठभूमि :
  • २०४७ साल वैशाखमा अखिल नेपाल महिला संघ कोपवा गाउँ समिति सहसचिवबाट राजनैतिक यात्रा प्रारम्भ
  • २०४८ मा अनेरास्ववियु कपिलबस्तु जिल्ला कमिटी सदस्य
  • २०४८ मा अनेमसघं  कपिलबस्तु जिल्ला तदर्थ समितिमा सचिब
  • २०४८ मा माघ देखि २०५१ सम्म र २०५४ देखि २०६२ सम्म अनेमसंघ कपिलवस्तुको सचिव
  • २०५१ देखि २०५३ सम्म नेकपा एमाले मोतिपुर गाउँ समिति सचिब
  • २०४९ मा नेकपा एमालेको पाचौ महाधिवेशन प्रतिनिधी
  • २०४९ देखि २०५९ सालसम्म नेकपा एमाले ईलाका कमिटी सदस्य
  • २०५९ मा नेकपा एमाले कपिलबस्तु  जिल्ला कमिटि सदस्य
  • २०६१ मा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य,
  • २०६३ मा नेकपा एमाले जिल्ला कमिटि उपसचिव,
  • २०६९ मा नेकपा एमाले जिल्ला कमिटि सचिव र राष्ट्रिय परिषद सदस्य
  • २०६९ देखि २०७९ सम्म अनेमसंघ केन्द्रीय कमिटी सदस्य
  • २०७१ मा नेकपा एमाले केन्द्रिय कमिटिको स्कुल विभागमा सदस्य
  • २०७५ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रिय कमिटी सदस्य
  • २०७८ मा नेकपा एमालेको केन्द्रीय कमिटिमा निर्वाचित र पोलिटब्युरो सदस्यमा मनोनित 
  • २०७६ देखि हालसम्म लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित
  • उपाध्यक्षमा निर्वाचित हुनुपूर्व राष्ट्रिय सभामा दिगो विकास तथा सु–शासन  समितिमा सदस्य
  • २०८० चैत्र २८ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित
राष्ट्रिय सभा उपाध्यक्ष , 2076