नाम: शशिकला दाहाल |
उमेर: 63 बर्ष |
बिस्तृत विवरण |
ठेगानाः बर्दिबास नगरपालिका –१, बर्दिबास, महोत्तरी जन्म मितिः २०१४/०२/१५ आमाः पदमकुमारी दाहाल बुबाः नरनाथ दाहाल पतिः सूर्यबहादुर खड्का छोरीः सुषमा खड्का छोराः सुधिर खड्का २. शिक्षाः – स्नातक–वि.पी. क्याम्पस, जनकपुर, त्रिभुवन विश्वविद्यालय (२०५३) ३. राजनैतिक पृष्ठभूमि र जिम्मेवारीः – कक्षा १० को परीक्षामा पञ्चायत विषयको कापी च्यातेर परीक्षा बहिष्कार गर्दै विद्यार्थी आन्दोलनमा सहभागी,अनेरा स्ववियू धनुषाको प्रारम्भिक कमिटी सदस्य (२०३०) – नेपाल राष्ट्रिय शिक्षक संगठनको महोत्तरी जिल्ला सदस्य (२०३४), जिल्ला कोषाध्यक्ष हुँदै केन्द्रिय प्रतिनिधि – बहुदलीय व्यवस्थाको लागि शिक्षक आन्दोलनमा सकृय (२०३६) – अखिल नेपाल महिला संघको महोत्तरी जिल्ला सचिव (२०४२) – चौंथो महाधिवेशनको पार्टी सदस्यता ग्रहण (क. निर्मल लामाबाट) (२०४३) – अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य (२०५२) – जनमोर्चा नेपालको जिल्ला सदस्य (२०५३) र सचिवालय सदस्य महोत्तरी – प्रगतिशिल बुद्धिजिवी संगठनको पूर्वाञ्चल क्षेत्रिय कोषाध्यक्ष एवं केन्द्रिय सदस्य (२०५७) – एकता केन्द्र मसालको महोत्तरी जिल्ला कमिटि सदस्य (२०६२) – २०६२/०६३ को जनआन्दोलनमा अ.ने.म संघ महोत्तरी र नेपाल राष्ट्रिय शिक्षक संगठनको नेतृत्व महोत्तरी – एकीकृत नेकपा माओवादीको मिथिला राज्य समिति सदस्य (२०६५) – अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रिय संयोजक (२०७२) – नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनको केन्द्रिय उपाध्यक्ष तथा महिला विभाग प्रमुख – नेपाल कम्यूष्टि पार्टी माओवादी केन्द्रको केन्द्रिय सदस्य
४. सामाजिक सेवा र जिम्मेवारी ः – अध्यापन, श्री जनता मा.वि. बर्दिबास, महोत्तरी (२०३३।०४।३१ देखि २०६४।१२।१५) – जनकल्याण महिला कृषक समूह बर्दिवास–सचिव (२०४५) – महिला सहयोगात्मक समाज नेपाल महोत्तरी –अध्यक्ष (२०५५।१२।२२) – नव क्षितिज क्याम्पस बर्दिबासको संस्थापक सदस्य (२०५८) – बर्दिबास बहुमुखी क्याम्पस व्यवस्थापन समितिको प्रथम उपाध्यक्ष (२०६२) – प्रगतिशील लेखक संघ महोत्तरीको जिल्ला अध्यक्ष (२०६२।१०।१६) – बर्दिबास खानेपानी उपभोक्ता तथा सरसफाई समितिको सल्लाहाकार (२०६३) – बर्दिबास सञ्चार सहकारी संस्था लि.द्वारा सञ्चालित सामूदायिक रेडियो सुनगाभा एफ.एम.बर्दिबास महोत्तरीको व्यवस्थापन समितिको संस्थापक अध्यक्ष (२०६६) – सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC) काठमाडौंको अध्यक्ष (२०६८।९।२ देखि २०७१।११।३०) – सामूदायिक रेडियो प्रसारक संघ (ACORAB) को केन्द्रिय उपाध्यक्ष (लगायत दर्जनौ सामाजिक संस्थाहरुमा आवद्ध) ५. साहित्य तथा प्रकाशन ः – “मिरमिरे” त्रैमाशिक साहित्यिक पत्रिकाको प्रकाशक र सम्पादक (२०६०) – “प्रज्वलन” साहित्यिक पत्रिका (प्रगतिशील लेखक संघ महोत्तरीको मुखपत्र) सम्पादन (२०६४) – “नारी आहवान” को सम्पादक, अखिल नेपाल महिला संघ “क्रान्तीकारी” को मुखपत्र (२०६८) – विभिन्न पत्रपत्रिकामा लेखहरु प्रकाशन भएको ६. राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित (२०७४।१०।२४) ७. राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित (२०७४।१२।०४) |