नाम: उर्मिला अर्याल
उमेर: 65 बर्ष
बिस्तृत विवरण
जन्म मिति : २०१३ असोज २५
जन्म स्थान : जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सा
हालको ठेगाना : विरगञ्ज महानगरपालिका– २३, गण्डक चोक विरगञ्ज, पर्सा
काठमाडौंमा बसोबास : बुढानिलकण्ठ नपा–४, रुद्रेश्वर, काठमाडौं
माता : जगतमाया अर्याल (दिवंगत)
पिता : वलराम अर्याल (दिवंगत)
पति : डा. यमबहादुर थापा
छोरी १, छोरा १
 
शिक्षा
१. विद्यावारिधि (विद्यार्थी)– राजनीतिक समाजशास्त्र, रिम्टस् विश्वविद्यालय पञ्जाव, भारत
२. एम.ए. समाजशास्त्र, जुलाई २०१३,  इन्दिरा गान्धी विश्वविद्यालय, भारत
३. Continuing Education Course University of Massachusetts,
Amherst, Massachusetts USA 01003-3260 July 1994
ईमेल : urmila.aryal@hotmail.com
 
राजनीतिमा प्रवेश
  • वि.सं. २०२६ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश ।
  • वि.सं. २०३५ सालमा कम्युनिष्ट पार्टीको संगठित सदस्यता प्राप्त ।
 
राजनीतिक जिम्मेवारी
  • २०३५ साल चैत्रमा तत्कालीन ने.क.पा. चौम जिल्ला कमिटी सदस्य ।
  • २०३६ सालमा तत्कालीन चौम अन्तर्गत अ.ने.म. संघको केन्द्रीय सम्मेलन आयोजक कमिटी सदस्य ।
  • २०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस स्ववियू उपसभापतिमा निर्वाचित ।
  • २०३८ सालमा तत्कालीन चौम अन्तर्गत अयोध्यामा भएको अ.ने.म. संघको पहिलो राष्ट्रिय सम्मेलनबाट पहिलो केन्द्रीय अध्यक्ष पदमा निर्वाचित ।
  • २०३८ सालमा अखिल भारत नेपाली एकता समाजको राष्ट्रिय सम्मेलनको अध्यक्षता ।
  • २०३८ सालमा शान्ति क्षेत्र प्रस्तावको औचित्यबारे अखिल भारत नेपाल विद्यार्थी संघद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन दिल्लीमा अध्यक्षता ।
  • २०४६ सालमा नेकपा एमालेमा प्रवेश ।
  • २०५० सालमा नेकपा एमाले पर्सा जिल्ला कमिटी सदस्यमा निर्वाचित । सोही वर्ष राजविराजमा सम्पन्न अखिल नेपाल किसान संघको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित ।
  • २०४८ र २०५१ मा पर्सा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यासी भई उपविजेता ।
  • २०५१ सालमा नेपाल कोल लिमिटेडको अध्यक्षको जिम्मेवारी वहन ।
  • २०५६ सालमा पर्सा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित ।
  • २०५९ माघको सातौं महाधिवेशनबाट नेकपा (एमाले)को वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित ।
  • २०५८ देखि २०६३ सालसम्म Rural and indigenous women taskforce of asia pacific forum on women law and development को स्टेरिङ कमिटी सदस्य
  • २०६३ चैत्र १० देखि २०६४ ज्येष्ठ १० गतेसम्म नेपाल सरकारको महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री ।
  • २०६५ सालमा वुटवलमा सम्पन्न आठौं महाधिवेशनवाट नेकपा (एमाले)को केन्द्रीय सदस्य तथा पोलिटव्यूरो सदस्यमा निर्वाचित ।
  • सन् २००९ नोभेम्वरमा Workers' Party of Bangladesh को आठौं महाधिवेशनमा नेपालको तर्फबाट प्रतिनिधित्व गरी नेकपा एमालेको तर्फबाट शुभकामना सन्देश सम्प्रेषण गरेको ।
  • २०६४ सालदेखि महिला लोकतान्त्रिक सञ्जालको केन्द्रीय अध्यक्ष ।
  • २०६७ चैत्रदेखि २०६८ भाद्र ११ गतेसम्म नेपाल सरकारको स्थानीय विकास मन्त्री ।
  • विभिन्न समयमा नेकपा (एमाले) पार्टी स्कूल विभाग, महिला विभाग, कृषि विभागको जिम्मेवारीका साथै निर्वाचन विभाग र समावेशीकरण तथा सामाजिक सुरक्षा विभागको प्रमुख भई जिम्मेवारी निर्वाह गरेको ।
  • २०७० ज्येष्ठ ४ गते एकीकृत नेकपा (माओवादी)मा प्रवेश । हाल पार्टीमा स्थायी कमिटी सदस्य ।
  • २०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित ।
  • २०७९ माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा सर्वसम्मत निर्वाचित।
पार्टी तथा सरकारको प्रतिनिधि भई गरेका विदेश भ्रमण: चीन, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, किर्गिस्तान, फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका, फ्रान्स, स्पेन, स्वीटजरल्याण्ड आदि ।

प्रकाशन
  • महिला सशक्तिकरण तथा समावेशीकरण एवं कार्ययोजना
  • कम्युनिष्ट आन्दोलनमा महिलाहरुको भूमिका (सहाना प्रधानसँग संयुक्त लेखन)
  • आर्थिक विकासका विषयमा अनुसन्धानमूलक लेखहरु विभिन्न जर्नलमा प्रकाशित।
राष्ट्रिय सभा उपाध्यक्ष , 0