राष्ट्रिय सभाको बैठक



 

संघीय संसद

राष्ट्रिय सभा

नवौँ अधिवेशन

बैठक - ६

२०७८ साउन १८ गते सोमवार
दिनको १:०० बजे

दैनिक कार्यसूची

   
     
    व्यवस्थापन कार्य    
     
१. विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले “स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन” सभा समक्ष पेश गर्नुहुने।  
         
२. सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालेः-  
         
  (क) विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरिकयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।  
         
  (ख) “नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।  
         
  (ग) विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।  
         
  (घ) “नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।  
         
    शोक प्रस्ताव    
         
३.   सम्माननीय अध्यक्षले पूर्व प्रतिनिधि सभा सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने।    
         
         
   
(डा. भरतराज गौतम)  
संघीय संसदको महासचिव