कर्मचारी प्रशासन शाखा

यस शाखाबाट सम्पादन गरिने मुख्य कार्यहरु निम्नानुसार रहेका छन्ः

  • संघीय संसद सेवाको व्यवस्थापन सम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने, गराउने,
  • सचिवालयको काम सुचारु रुपले सञ्चालन गर्न संगठनात्मक स्वरुप तथा कार्य प्रक्रिया सम्बन्धीआवश्यक व्यवस्था मिलाउने,
  • सचिवालयलाई आवश्यक जनशक्तिको लागि दरबन्दी सिर्जना तथा रिक्त पदको पदपूर्ति सम्बन्धी व्यवस्थाको लागि सम्बन्धित निकायमा पहल गर्ने,
  • कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा, स्वेच्छिक अवकाश, उपदान, निवृत्तिभरण, प्रोत्साहन, पुरस्कार, वृत्ति विकास, विभागीय सजाय, हाजिरी, विदाको अभिलेख, कार्य सम्पादन मूल्याङ्कन, सम्पत्ती विवरण व्यक्तिगत विवरण सम्बन्धी कार्य तथा अन्य अभिलेखहरु अद्यावधिक राख्‍ने,
  • कर्मचारी प्रशासन सम्बन्धी निर्णयहरु कार्यान्वयन गर्ने, गराउने,
  • कर्मचारीहरुको आन्तरिक खटनपटन सम्बन्धी कार्य गर्ने,
  • सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको लागि समिति सचिवालयको रुपमा कार्य गर्ने,
  • बढुवा समिति लगायत कर्मचारी प्रशासन नियमायवली, २०६५ मा व्यवस्था भएका विभिन्न समितिहरुको सचिवालयको रुपमा कार्य गर्ने । 

कार्यरत कर्मचारीहरु

सि. नं. पद कर्मचारीको नाम, थर कैफियत
उपसचिव नारायण प्रसाद ढकाल  
शाखा अधिकृत विमल परियार  
नायब सुब्वा कुवेर शाही  
कम्प्युटर अपरेटर कमल बोहरा  
नायब सुब्बा बिमला भुसाल  
नायब सुब्बा अनिता पाण्डे  
का.स. कविता खनाल  
का.स. डालिमा कुमाल