संसदीय अध्ययन तथा अनुसन्धान शाखा

यस शाखाले गर्ने कार्यहरुलाई संक्षेपमा निम्नानुसार प्रस्तुत गरिएको छ :

 

  • संसदीय गतिविधिको प्रचार प्रसार र प्रकाशन कार्यको व्यवस्थामा सहयोग गर्ने,
  • नेपाल र संसदीय व्यवस्था अपनाएका अन्य मुलुकहरुका सम्बन्धमा तुलनात्मक अध्ययन गरी संसदको इतिहास, संसदीय अभ्यास, प्रचलन र प्रक्रिया सम्बन्धी प्रलेखहरु तयार गर्न सहयोग गर्ने,
  • सांसद, संसदीय पदाधिकारी, संसद सचिवालयका कर्मचारी, मन्त्रालय, विभाग, संस्थान, विदेशी नियोग आदिको ठेगाना सम्पर्क नम्वर अद्यावधिक गर्ने,
  • संसदीय अभ्यास र गतिविधिका सम्बन्धमा समाचार र विचारमूलक सामाग्रीहरु तयार गरी प्रकाशन गर्ने,
  • माननीय सदस्यहरुबाट माग भै आएका विषयहरुमा सूचना संकलन गरी आवश्यक जानकारी उपलब्ध गराउने,
  • विधेयक माथिका छलफलमा अन्य मूलुकहरुमा भएका व्यवस्थाका बारेमा सदस्यहरुलाई उपलब्ध गराउने,
  • संसदबाट निर्माण हुने नीतिका सम्बन्धमा विधायकहरुलाई आवश्यक पृष्ठपोषण प्रदान गर्ने,
  • विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित सान्दर्भिक लेख रचना एवमं सूचनाहरु संकलन तथा प्रशोधन गरी सम्बन्धित समितिमा पठाउने,
  • माननीय सदस्यहरुलाई आवश्यक पर्ने अन्य कानूनी सूचना तथा खोजपूर्ण सामाग्रीहरु तयार गर्ने,
  • संसद वा समितिमा विचाराधीन रहेका विषयका सम्वन्धमा आवश्यकक सूचना, सन्दर्भ सामाग्री संकलन गरी उपलब्ध गराउने ।