माननीय उपाध्यक्षको नीजी सचिवालय
- माननीय उपाध्यक्षको निजी सचिवालयको आवश्यक व्यवस्थापन गर्ने,
- सचिवालयले उपलव्ध गराउनु पर्ने सेवा, श्रोत साधन उपलव्ध गराउन पहल गर्ने,
- माननीयको निर्देशन बमोजिम कार्य सम्पादन गर्ने,
- सचिवालयले माग गरे बमोजिमको सूचना उपलव्ध गराउने,
- भेटघाट तथा अन्य कार्यक्रमहरुको समय तथा विषयमा सम्वद्ध पदाधिकारी समक्ष पेश गरी निर्देशन बमोजिम काम गर्ने,
- पदाधिकारीहरुको तर्फबाट गरिने पत्रकार भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रमहरुको व्यवस्थापनका लागि सूचना केन्द्रसँग सम्वन्य गर्ने,
- पदाधिकारीको तर्फबाट जारी हुने प्रेस विज्ञप्ती तयार गरी उपलब्ध गराउने,
- पदाधिकारीको निर्देशन बमोजिम आवश्यकता अनुरुप सञ्चार सम्पर्क स्थापित गर्ने,
- पदाधिकारीको तहबाट निर्णय हुनु पर्ने फाइलको अभिलेख राख्ने र निर्णय भएको फाइल सम्वन्धित शाखामा पठाउने र निस्सा राख्ने ।