प्रतिनिधि सभाका सचिवको निजी सचिवालय

  • श्रीमान् सचिवको निजी सचिवालयको आवश्यक व्यवस्थापन गर्ने,
  • सचिवालयले उपलव्ध गराउनु पर्ने सेवा, श्रोत साधन उपलव्ध गराउन पहल गर्ने,
  • सचिवको निर्देशन बमोजिम कार्य सम्पादन गर्ने,
  • सचिवालयले माग गरे बमोजिमको सूचना उपलव्ध गराउने,
  • भेटघाट तथा अन्य कार्यक्रमहरुको समय तथा विषयमा सम्वद्ध पदाधिकारी समक्ष पेश गरी निर्देशन बमोजिम काम गर्ने,
  • पदाधिकारीहरुको तर्फबाट गरिने पत्रकार भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रमहरुको व्यवस्थापनका लागि सूचना केन्द्रसँग सम्वन्य गर्ने,
  • आवश्यकता अनुरुप सञ्चार सम्पर्क स्थापित गर्ने,
  • निर्णय हुनु पर्ने फाइलको अभिलेख राख्ने र निर्णय भएको फाइल सम्वन्धित महाशाखा/शाखामा पठाउने र निस्सा राख्ने ।