सम्माननीय अध्यक्षको नीजी सचिवालय

नेपालको संविधानको धारा ८३ बमोजिम सङ्घीय संसदको दुर्इवटा सदनहरू मध्ये एक सदन राष्ट्रिय सभा रहेको छ। यस सभाको अध्यक्ष संविधानको धारा ९२ बमोजिम निर्वाचित हुने व्यवस्था रहेको छ। यसरी निर्वाचित अध्यक्षको सङ्घीय संसद सचिवालयमा रहने कार्यालय नै राष्ट्रिय सभाको अध्यक्षको निजी सचिवालय हो। सचिवालयको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन, २०७२ मा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षको निजी सचिवालय रहने व्यवस्था गरिएको छ। यो शाखा सङ्घीय संसद सचिवालयको प्रशासन महाशाखा अन्तर्गत रहेको छ। महाशाखाको प्रत्यक्ष निर्देशन, नियन्त्रण तथा सुपरिवेक्षणमा रही तोकिएका कार्यहरू  सम्पादन गर्ने, गराउने जिम्मेवारी शाखाको हुनेछ ।


शाखामा कार्यरत कर्मचारीहरु :

१. उपसचिव  शैलेन्द्र घिमिरे
२. शाखा अधिकृत   प्रकाश कुमार लामा 
३. कम्प्युटर अपरेटर  बिवश केरुङ
४. कार्यालय सहयोगी  रमेशराज गिरी
५. कार्यालय सहयोगी  सलमा पुन