मर्यादापालन तथा सुरक्षा समन्वय शाखा

  • संसद परिसरभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्ने कार्य,
  • संघीय संसद  र अन्तर्गतका समितिहरुको बैठक नियमित र शान्तिपूर्वकरुपमा संचालन गर्न आवश्यक पर्ने सुरक्षा सम्बन्धी कार्यविधिहरु तयार गरी पेश गर्ने,
  • संघीय संसद र अन्तर्गतका समितिका बैठकहरुको सुव्यवस्थाको लागि मर्यादापालन सम्वन्धी कार्य,
  • संघीय संसद का बैठकमा आउने दर्शकहरुको लागि आवश्यक प्रवेश पास वितरण सम्वन्धी कार्य, 
  • संसद परिसरभित्र प्रवेश गर्ने आगन्तुकहरुको चेकजाँच गर्ने कार्य,
  • शान्ति सुरक्षाको लागि अन्य निकायबाट खटी आएका कर्मचारीको निर्देशानुसार नियन्त्रण र सुपरिवेक्षण तथा समन्वय सम्वन्धी कार्य,
  • संयुक्त संसद तथा दुवै संसदहरुको आसन सम्बन्धी व्यवस्थापनमा सहयोग पुर्याउने कार्य,
  • सुरक्षासँग सम्बन्धित सि.सि.टि.भि.को संचालन, नियमित निगरानी तथा अनुगमन सम्बन्धी कार्य,
  • संसदको समाचार संकलन, सम्पादन गर्न खटी आउने संचार माध्यमका प्रतिनिधिहरुलाई आवश्यक सहयोगको कार्य ।