विधि व्यवस्थापन महाशाखा (प्रतिनिधि सभा)
विधि व्यवस्थापन महाशाखा (प्रतिनिधि सभा), प्रतिनिधि सभा र दुवै सदनको संयुक्त बैठकमा पेस हुने विधेयक, अध्यादेश तथा सन्धि-सम्झौता जस्ता विधायिकी प्रक्रियामा समन्वय र सहजीकरण गर्ने सङ्घीय संसद् सचिवालयको महत्त्वपूर्ण महाशाखा हो। यस महाशाखाले सम्बन्धित मन्त्रालयहरूसँगको समन्वयमा सांसदहरूलाई विधेयक उपलब्ध गराउनुका साथै प्राप्त विधेयकसम्बन्धी संशोधनहरूलाई एकीकृत गरी सम्बन्धित निकाय वा सदस्यलाई उपलब्ध गराउँछ। यसका अतिरिक्त, गैरसरकारी विधेयक तर्जुमाका क्रममा सांसदहरूलाई आवश्यक प्राविधिक सहयोग र परामर्श प्रदान गर्नुका साथै प्रतिनिधि सभामा उत्पत्ति भई सङ्घीय संसद्बाट पारित विधेयकहरूलाई सभामुखद्वारा प्रमाणित गराई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने कार्य समेत गर्दछ।
महाशाखामा कार्यरत कर्मचारीहरू
| क्र.स. | कर्मचारीको नाम, थर | पद | सम्पर्क नम्बर |
| १ | श्री रामहरि थापा | महाशाखा प्रमुख/सहसचिव | ०१-४२११७४४ |
| २ | श्री हिमा बस्याल | कार्यालय सहयोगी |