जनशक्ति योजना तथा संगठन विकास शाखा
सचिवालयको कार्यप्रकृति र समकालिन अवस्था अनुरुप संस्थागत उद्देश्य हासिल गर्न जनशक्ति योजना सम्बन्धी नीति, समन्वय, कार्यक्रम र सुझाब उपलब्ध गराउनु यस शाखाको प्रमुख कार्य हो । यसले सचिवालय अन्तर्गत आवश्यक पर्ने मानवश्रोत योजना (Human Resource Planning) संगठन व्यवस्थापन (Organization & Management), सचिवालय अन्तर्गतका विभिन्न शाखाहरुको आन्तरिक अडिट गर्ने काम समेत गर्दछ । संस्थाको निरन्तर सिकाइ र सुधारको लागि आवश्यक पर्ने जनशक्तिको आँकलन र प्रक्षेपण गरि दरबन्दी पुनसंरचना सम्बन्धमा विज्ञहरुको रायसुझाव संकलन गर्ने कार्यप्रक्रिया अघि बढाउने र विशेषतः सचिवालयको गुणस्तर सुधारको लागि जनशक्ति योजना तथा संगठन विकास गर्नु यो शाखाको मूलभूत कार्य हो ।