आर्थिक प्रशासन शाखा
यस शाखाबाट सम्पादन गरिने मुख्य कार्यहरु निम्नानुसार रहेका छन्ः
- संसदीय पदाधिकारीहरु लगायत मा. सदस्यहरुले ऐन नियमानुसार पाउने पारिश्रमिक, सेवा सुविधाका रकमहरु प्रदान गर्ने ।
- सचिवालयका कर्मचारीहरुलाई नियमानुसारको तलब, भत्ता लगायतका अन्य सेवा, सुविधा उपलब्ध गराउने ।
- संघीय संसद र सचिवालयको संचालनको लागि वजेटमा विनियोजन गरिएको रकम रीतपूर्वक खर्च गर्ने ।
- आर्थिक पक्षसँग सम्बन्धित विषयमा व्यवस्थापनलाई राय सुझाव प्रदान गर्ने ।
- आर्थिक प्रशासन सम्बन्धी निर्णयको कार्यान्वयन गर्ने ।