विधेयक शाखा(प्रतिनिधि सभा)
सङ्घीय संसद् सचिवालय अन्तर्गतको विधेयक शाखा (प्रतिनिधि सभा) ले सरकारी तथा गैरसरकारी विधेयक, अध्यादेश र सन्धि सम्झौताहरूको प्राप्ति, दर्ता, वितरण जस्ता प्रारम्भिक कार्यहरूलाई व्यवस्थित रूपमा सम्पादन गर्नुका साथै विधेयकमाथि प्रतिनिधि सभाका सदस्यहरूबाट प्राप्त हुने संशोधन प्रस्तावहरू दर्ता गर्ने, एकीकृत गरी सभामुखबाट स्वीकृत गराउने तथा सदन र समितिमा हुने दफावार छलफलका लागि उपलब्ध गराउने काम समेत गर्दछ। गैरसरकारी विधेयक प्रस्तुत गर्न चाहने सदस्यहरूलाई आवश्यक पर्ने कानुनी एवम् प्राविधिक सहयोग समेत यसै शाखाबाट उपलब्ध हुन्छ। प्रतिनिधि सभामा उत्पत्ति भई सङ्घीय संसद्बाट पारित भएका विधेयकहरूलाई अन्तिम शुद्धाशुद्धि हेरी प्रमाणीकरण प्रतिहरू तयार गर्ने र सभामुखबाट प्रमाणित गराई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने जिम्मेवारी पनि यसै शाखाको हो। यसका साथै, विधायिकी प्रक्रियाको सम्पूर्ण चरणहरूको विवरण तयार गर्ने, विधेयक तथा सन्धि सम्झौतासम्बन्धमा समिति र सदनलाई आवश्यकताअनुसार सहयोग गर्ने कार्य समेत यस शाखाले गर्दछ।
शाखामा कार्यरत कर्मचारीहरू
| क्र.स. | कर्मचारीको नाम, थर | पद | सम्पर्क नम्बर |
| १ | श्री त्रिबिक्रम पराजुली | शाखा प्रमुख/उपसचिव | ०१-४२००३६६ |
| २ | श्री जयराम खड्का | शाखा अधिकृत | |
| ३ | श्री दिर्घराज कार्की | नायब सुब्बा | |
| ४ | श्री पुजा ठगुन्ना | खरिदार | |
| ५ | श्री सुस्मिता खत्री लामिछाने | कार्यालय सहयोगी | |
| ६ | श्री हिमा बस्याल | कार्यालय सहयोगी |