संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति
संक्षिप्त परिचय
राष्ट्रिय सभाबाट मिति २०७९ जेठ १९ गते सर्वसम्मतीले स्वीकृत भएको संकल्प प्रस्तावमा प्रस्तावित संघीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागत लगायत सबै पक्षको अध्ययन गरी राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्ने गरी माननीय खिमलाल देवकोटाको संयोजकत्वमा माननीय प्रकाश पन्थ, माननीय डा. विमला राई पौड्याल, माननीय उदय बहादुर बोहरा, माननीय माया प्रसाद शर्मा, माननीय रामचन्द्र राई र माननीय प्रमिला कुमारी सदस्य रहने गरी राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १६७ बमोजिम राष्ट्रिय सभाको २०७९ जेठ २० गतेको बैठकले सर्वसम्मतिबाट "संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति" गठन भएको छ ।
समितिको कार्यावधि समितिले कार्य प्रारम्भ गरेको मितिले ४ महिना रहने र समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गतको जिम्मेवारी सुव्यवस्थित ढंगले सञ्चालन गर्न राष्ट्रिय सभा नियमावली, २०७५ को अधीनमा रही आवश्यक कार्यविधि, कार्ययोजना बनाई कार्य गर्ने अधिकार पाए अनुसार समितिले आवश्यक कार्यविधि र कार्ययोजना तयार गरी सोही बमोजिम कार्य गर्दै आएको छ ।
समितिको बैठक र गणपुरक सङ्ख्या
समितिको पहिलो बैठक मिति २०७९ जेठ २७ गते बसेको थियो भने मिति २०७९ असार २१ सम्म १२ वटा बैठक बसेको छन । बैठकको लागी गणपुरक सङ्ख्या समितिका सम्पुर्ण सदस्य सङ्ख्याको एक तिहाई हुने छ। समितिको कार्यविधि र आवाश्यकता बमोजिम बैठकको मिति,समय र स्थान तोकिनेछ ।
निर्णय प्रक्रिया
बैठकका निर्णयहरु सर्वसम्मतिबाट गरिनेछन् । कुनै विषयमा सर्वसम्तिबाट निर्णय हुन नसकेमा उपस्थित सदस्यहरुको बहमतबाट निर्णय गरिनेछ र मत बराबर भएमा संयोजकले निर्णायक मत दिने व्यवस्था छ ।
समिति सचिवालय
राष्ट्रिय सभा नियमावली २०७५, को नियम १६२ बमोजिम सचिवालय अन्तर्गत प्रत्येक समितिको सचिलालय रहने व्यवस्था छ । महासचिवले आफू मातहतका बरिष्ठ अधिकृतलाई समिति सचिव तोक्ने व्यवस्था बमोजिम हाल सहसचिव श्री सिता काफ्ले वाग्ले समिति सचिव हुनुहुन्छ ।
समिति सचिवालयमा रहनु भएका अन्य कर्मचारीहरु विवरण निम्नानुसार छः

क्र.स. | पद | नाम थर | सम्पर्क |
१ | समिति सचिव | श्री सिता काफ्ले वाग्ले | 9841687116/9851138786 |
२ | उपसचिव | श्री दशरथ धमला | 9851134303 |
३ | शाखा अधिकृत | श्री जिवन कुमार निरौला | 9841414237 |
४ | शाखा अधिकृत | श्री नविन कुमार वस्नेत | 9842252150 |
५ | शाखा अधिकृत | श्री पवन महत | ९८४३५२७७४९ |
6 | नायब सुब्बा | श्री जितेन्द्र राय | 9841907173 |
7 | नायब सुब्बा | श्री बिमल कुमार श्रेष्ठ | 9843490312 |
८ | खरिदार | श्री श्याम के.सी. | 9844725486 |
9 | बैठके पाचौँ | श्री श्रीजन खनाल | 9841414681 |
10 | कार्यालय सहयोगी | श्री पूर्ण गुरुङ्ग | 9869135758 |