संसदीय सुनुवाइ समिति (संयुक्त)
संक्षिप्त परिचय:
कार्यकारिणीले सार्वजनिक महत्त्वका पदमा नियुक्तिका लागि प्रस्ताव गरेका व्यक्तिहरु तथा पदाधिकारीहरुको दक्षता, क्षमता र इमान्दारिता व्यवस्थापिका द्वारा परीक्षण गरी कार्यपालिकालाई व्यवस्थापिकाप्रति उत्तरदायी र जवाफदेही तुल्याउने लोकतान्त्रिक प्रक्रिया संसदीय सुनुवाइ हो । नेपालको संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानून बमोजिम संसदीय सुनुवाइ हुने छ भन्ने व्यवस्था गरिएको छ ।
उक्त धाराको उपधारा (२) मा उपधारा (१) को प्रयोजनका लागि संघीय संसदका दुबै सदनका सदस्यहरु रहने गरी संघीय कानून बमोजिम पन्ध्र सदस्यीय एक संयुक्त समिति गठन गरिने प्रावधान छ ।यसैगरी, सोही धाराको उपधारा (३) मा उपधारा (२) बमोजिमको गठित संयुक्त समितमा रहने सदस्यले संघीय संसदको उक्त कार्यकालभर सर्वोच्च अदालतमा उपस्थित भइ बहस पैरवी गर्न नपाउने प्रावधान राखिएको छ ।
समितिको गठनः
नेपालको संविधानको धारा २९२ को उपधारा (२) को संवैधानिक व्यवस्थाअनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को परिच्छेद ५ को नियम २५ बमोजिम प्रतिनिधि सभाका १२ जना माननीय सदस्य र राष्ट्रिय सभाका ३ जना माननीय सदस्य रहने प्रावधान रहेको छ । सोही प्रावधानबमोजिम मिति २०८२/१२/२७ को प्रतिनिधि सभाको निर्णयबमोजिमका १२ जना र मिति २०८२/१२/२७ को राष्ट्रिय सभाको निर्णयबमोजिमका ३ जना सदस्यहरु गरी जम्मा १५ जना माननीय सदस्यहरुको विवरण देहायबमोजिम रहेको छ।
समितिमा कायम रहनुभएका माननीय सदस्यहरूः
समितिको सभापति:
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २५ को उपनियम (४) मा समितिका सदस्यहरुले आफूमध्येबाट समितिको सभापतिको चयन गर्ने व्यबस्था छ ।
समितिको कार्यक्षेत्र:
नेपालको संविधानको धारा २९२ को उपधारा (१) को व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० बमोजिम देहायका पदाधिकारीको संसदीय सुनुवाइ गरिने :
- संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश,
- सर्वोच्च अदालतका न्यायाधीश,
- न्याय परिषदका सदस्य,
- संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र
- राजदूतको पदमा नियुक्ति हुने व्यक्ति ।
समितिको बैठक :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ४ मा समितिको बैठक आवश्यकताअनुसार सभापतिले बोलाउने ब्यवस्था रहेको छ ।
गणपूरक सङ्ख्या :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ४ मा समितिको बैठकमा गणपुरक संख्यासम्बन्धमा देहायबमोजिमको व्यवस्था रहेको छः
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ मा समितिको बैठकको निर्णय सम्बन्धी देहायबमोजिमको व्यवस्था रहेको छः
संघीय संसद सचिवालयअन्तर्गत संसदीय सुनुवाइ समितिको सचिवालय रहेको छ । महासचिव संयुक्त बैठक र संयुक्त समितिको पदेन सचिव हुने व्यवस्था नियमावलीमा रहेको छ । तर, महासचिवले प्रतिनिधि सभाको सचिव वा राष्ट्रिय सभाको सचिवलाई संयुक्त बैठक वा संयुक्त समितिमा सचिव भई काम गर्न खटाउन सक्ने प्रावधान छ ।
समिति सचिवालयमा कार्यरत कर्मचारीहरुः

| क्र.स. | मा. सदस्यहरूको नाम, थर | जिल्ला/ निर्वाचन क्षेत्र |
राजनीतिक दल | सम्पर्क नं. | सभा |
| १. | मा. बोध नारायण श्रेष्ठ (समिति सभापति) |
धादिङ-२ | राष्ट्रिय स्वतन्त्र पार्टी | ९८५१११३५१० | प्रतिनिधि सभा |
| २. | मा. अर्जुन नरसिंह के.सी. | नुवाकोट | नेपाली कांग्रेस | ९८५१०३२४०५ | प्रतिनिधि सभा |
| ३. | मा. आनन्द प्रसाद ढुँगाना | धनुषा | नेपाली कांग्रेस | ९८५११६६६०५ | राष्ट्रिय सभा |
| ४. | मा.कविन्द्र बुर्लाकोटी | गोरखा-२ | राष्ट्रिय स्वतन्त्र पार्टी | ९८५१२२०६९९ | प्रतिनिधि सभा |
| ५. | मा. गजाला शमीम मिकरानी | रौतहट | राष्ट्रिय स्वतन्त्र पार्टी | ९८४३७५६००६ | प्रतिनिधि सभा |
| ६. | मा. दिपक राज बोहरा | कञ्चनपुर-२ | राष्ट्रिय स्वतन्त्र पार्टी | ९८४१२३५२४८ | प्रतिनिधि सभा |
| ७. | मा. नर बहादुर विष्ट | सुर्खेत | नेपाली कम्युनिष्ट पार्टी | ९८५११३२९१५ | राष्ट्रिय सभा |
| ८. | मा. पद्मा कुमारी अर्याल | स्याङजा | नेकपा (एमाले) | ९८५६०४४२२६ | प्रतिनिधि सभा |
| ९. | मा. पुनम कुमारी अग्रवाल | सिराहा | राष्ट्रिय स्वतन्त्र पार्टी | ९८१६७५८८९३ | प्रतिनिधि सभा |
| १०. | मा. प्रेम प्रसाद दंगाल | खोटाङ्ग | नेकपा (एमाले) | ९८५१०८७७७१ | राष्ट्रिय सभा |
| ११. | मा. बर्षमान पुन | रोल्पा-१ | नेपाली कम्युनिष्ट पार्टी | ९८५११३१००० | प्रतिनिधि सभा |
| १२. | मा. भिष्मराज आङ्देम्बे | पाँचथर | नेपाली कांग्रेस | ९८४१४६८५४५ | प्रतिनिधि सभा |
| १३. | मा. मधु कुमार चौलागाई | काभ्रेपलाञ्चोक-१ | राष्ट्रिय स्वतन्त्र पार्टी | ९८५१०८७६१० | प्रतिनिधि सभा |
| १४. | मा. राजिव खत्री | भक्तपुर-२ | राष्ट्रिय स्वतन्त्र पार्टी | ९८५१०३३५७२ | प्रतिनिधि सभा |
| १५. | मा. डा. लेखजंग थापा | रूपन्देही-३ | राष्ट्रिय स्वतन्त्र पार्टी | ९७०५०९०५११ | प्रतिनिधि सभा |
समितिको सभापति:
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २५ को उपनियम (४) मा समितिका सदस्यहरुले आफूमध्येबाट समितिको सभापतिको चयन गर्ने व्यबस्था छ ।
समितिको कार्यक्षेत्र:
नेपालको संविधानको धारा २९२ को उपधारा (१) को व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० बमोजिम देहायका पदाधिकारीको संसदीय सुनुवाइ गरिने :
- संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश,
- सर्वोच्च अदालतका न्यायाधीश,
- न्याय परिषदका सदस्य,
- संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र
- राजदूतको पदमा नियुक्ति हुने व्यक्ति ।
समितिको बैठक :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ४ मा समितिको बैठक आवश्यकताअनुसार सभापतिले बोलाउने ब्यवस्था रहेको छ ।
गणपूरक सङ्ख्या :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ४ मा समितिको बैठकमा गणपुरक संख्यासम्बन्धमा देहायबमोजिमको व्यवस्था रहेको छः
- समितिको बैठक बस्नका लागि समितिका सम्पूर्ण सदस्य सङ्ख्याको एकाउन्न प्रतिशत सदस्यको उपस्थिति अनिवार्य हुनेछ ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ मा समितिको बैठकको निर्णय सम्बन्धी देहायबमोजिमको व्यवस्था रहेको छः
- उपनियम १ बमोजिम प्राप्त नाम समितिको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने छ ।
संघीय संसद सचिवालयअन्तर्गत संसदीय सुनुवाइ समितिको सचिवालय रहेको छ । महासचिव संयुक्त बैठक र संयुक्त समितिको पदेन सचिव हुने व्यवस्था नियमावलीमा रहेको छ । तर, महासचिवले प्रतिनिधि सभाको सचिव वा राष्ट्रिय सभाको सचिवलाई संयुक्त बैठक वा संयुक्त समितिमा सचिव भई काम गर्न खटाउन सक्ने प्रावधान छ ।
समिति सचिवालयमा कार्यरत कर्मचारीहरुः
| क्र.सं. | नाम, थर | पद | सम्पर्क नं. | ईमेल |
| १. | श्री तुल बहादुर कंडेल | सचिव, राष्ट्रिय सभा | ९८५१०५४३८४ | tulakandel82@gmail.com |
| २. | श्री लक्ष्मी प्रसाद गौतम | सहसचिव (कानुन) | ९८४१२८१९८३ | gautamtaplejung@gmail.com |
| ३. | श्री साबित्रा शर्मा | उपसचिव | ९८४१५९४३३२ | rekhaandline@gmail.com |
| ४. | श्री सीता पोख्रेल | शाखा अधिकृत | ९८४८१२११९७ | sitapokhrel1983@gmail.com |
| ५. | श्री विजय कुमार भट्टराई | शाखा अधिकृत | ९८४९३९२५९० | vijaybashistha68@gmail.com |
| ६. | श्री पूजा अर्याल | नायब सुब्बा | ९८५१२८६०३९ | poojaaryal084@gmail.com |
| ७. | श्री अस्मि बुढा मगर | कार्यालय सहयोगी | ९८४४९६३२६१ |
| कार्यालयः | सम्पर्कः | |
| संसदीय सुनुवाइ समितिको सचिवालय, सिंहदरबार भवन नं. २, दोस्रो तल्ला,कोठा नं. ३१६ |
फोन नं. ०१-४२००४९३ Email:parl_hearing@parliament.gov.np URL: parliament.gov.np |