संसदीय सुनुवाइ समिति (संयुक्त), २०८०

संक्षिप्त परिचय:

   कार्यकारिणीले सार्वजनिक महत्वका पदमा नियुक्तिका लागि प्रस्ताव गरेका व्यक्तिहरु तथा पदाधिकारीहरुको दक्षता, क्षमता र ईमान्दारिता व्यवस्थापिका द्धारा परीक्षण गरी  कार्यपालिकालाई व्यवस्थापिकाप्रति उत्तरदायी र जवाफदेहि तुल्याउने लोकतान्त्रिक प्रकृया संसदीय सुनुवाई हो । नेपालको संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानून बमोजिम संसदीय सुनुवाइ हुने छ भन्ने ब्यबस्था गरिएको छ ।
उक्त धाराको उपधारा (२) मा उपधारा (१) को प्रयोजनका लागि संघीय संसदका दुवै सदनका सदस्यहरु रहने गरी संघीय कानून बमोजिम पन्ध्र सदस्यीय एक संयुक्त समिति गठन गरिने प्रावधान छ ।यसैगरी सोही धाराको उपधारा (३) मा उपधारा (२) बमोजिमको गठित संयुक्त समितमा रहने सदस्यले संघीय संसदको उक्त कार्यकालभर सर्वोच्च अदालतमा उपस्थित भइ बहस पैरवी गर्न नपाउने प्रावधान राखिएको छ ।
समितिको गठनः 
नेपालको संविधानको धारा २९२ को उपधारा (२) को संवैधानिक व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को परिच्छेद ५ को  नियम २५ को व्यवस्था बमोजिम प्रतिनिधि सभाको  मिति २०८०।०२।१४ गते बसेको बैठकले  संसदीय सुनुवाइ समितिमा रहनु हुने १२ जना माननीय सदस्यहरुको नाम  अनुमोदन गरेको हो भने मिति २०८०।०२।१४ गते बसेको राष्ट्रिय सभाको बैठकले समितिमा रहनु हुने ३ जना माननीय सदस्यहरुको नाम अनुमोदन गरेको  थियो ।
समितिको सभापति:
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८०  को नियम २५ को उपनियम (४) मा समितिका सदस्यहरुले आफुमध्येबाट  समितिको सभापतिको चयन  गर्ने व्यबस्था   छ ।
समितिको कार्यक्षेत्र:
नेपालको संविधानको धारा २९२ को उपधारा (१) को व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० बमोजिम  देहायका पदाधिकारीको संसदीय सुनुवाइ गरिने :
संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश,
सर्वोच्च अदालतका न्यायाधीश,
न्याय परिषदका सदस्य,
संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र
राजदूतको पदमा नियुक्ति हुने व्यक्ति ।
  समितिको बैठक :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८०  को नियम २६ को उपनियम ४ मा समितिको बैठक आवश्यकता अनुसार सभापतिले बोलाउने ब्यवस्था रहेको छ ।
गणपूरक सङ्ख्या :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ४ मा समितिको बैठकमा गणपुरक संख्या सम्बन्धी देहायबमोजिमको व्यवस्था रहेको छः
  • समितिको बैठक बस्नका लागि समितिका सम्पूर्ण सदस्य सङ्ख्याको एकाउन्न प्रतिशत सदस्यको उपस्थिति अनिवार्य हुनेछ ।
समितिको निर्णय :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ मा समितिको बैठकको निर्णय सम्बन्धी देहायबमोजिमको व्यवस्था रहेको छः
  • उपनियम १ बमोजिम प्राप्त नाम समितिको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने छ ।
समिति सचिवालय :
संघिय संसद सचिवालय अन्तर्गत संसदीय सुनुवाई समितिको सचिवालय रहेको छ । महासचिव संयुक्त बैठक र स‌ंयुक्त समितिको पदेन  सचिव हुने व्यवस्था नियमावलीमा रहेको छ । तर महासचिवले प्रतिनिधि सभाको सचिव वा राष्ट्रिय सभाको सचिवलाई संयुक्त बैठक वा संयुक्त समितिमा सचिव भई काम गर्न खटाउन सक्ने प्रावधान छ ।
समितिका माननीय सदस्यहरु
क्र.सं मा.सदस्यहरुको नाम,थर राजनीतिक दल सम्पर्क नं कैफियत
१. मा. ईश्वरी घर्ती ने.क.पा. एमाले ९८५७८२४१६५ प्रतिनिधि सभा
२. मा. ईश्वरीदेवी न्यौपाने नेपाली कांग्रेस ९८५१२४२१०१ प्रतिनिधि सभा
३. मा. जग प्रसाद शर्मा ने.क.पा.माओवादी केन्द्र ९८५१२०६७८९ राष्ट्रिय सभा
४. मा. जनार्दन शर्मा ने.क.पा.माओवादी केन्द्र ९८५११००४४३ प्रतिनिधि सभा
५. मा. जीवन परियार नेपाली कांग्रेस ९८५१०६३७२९ प्रतिनिधि सभा
६. मा. डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी ९८५१०२२८७५ प्रतिनिधि सभा
७. मा. देवेन्द्र दाहाल ने.क.पा.एमाले ९८५१२०३१७७ राष्ट्रिय सभा
८. मा. पदम गिरी ने.क.पा. एमाले ९८५१०३५०८८ प्रतिनिधि सभा
९. मा. पशुपति शमशेर ज.ब.रा. राष्ट्रिय प्रजातन्त्र  पार्टी ९८५१०४८९५० प्रतिनिधि सभा
१०. मा. प्रकाश अधिकारी जनता समाजवादी पार्टी, नेपाल ९८५१०६८८०२ प्रतिनिधि सभा
११. मा. महेश कुमार बर्तौला ने.क.पा. एमाले ९८५११७१४५७ प्रतिनिधि सभा
१२. मा. रमेश जंग रायमाझी नेपाली कांग्रेस ९८५१०३८३९० राष्ट्रिय सभा
१३. मा. रमेश लेखक नेपाली कांग्रेस ९८५११८०३३३ प्रतिनिधि सभा
१४. मा. लिलानाथ श्रेष्ठ ने.क.पा. एमाले ९८५२८३०२९१ प्रतिनिधि सभा
१५. मा. ज्ञानेन्द्रबहादुर कार्की नेपाली कांग्रेस ९८५१०१४९४० प्रतिनिधि सभा
 
 

समिति सचिवालयमा कार्यरत कर्मचारीहरु :

क्र.सं.

नाम/थर

पद

१.

श्री पद्म प्रसाद पाण्डेय

संघीय संसदको महासचिव 

२.

श्री  निर्मलादेवी लामिछाने (वस्ती)

सहसचिव

३.

 श्री बिमला घिमिरे

उपसचिव

४.

 श्री सानुकाजी व्यञ्जनकार

शाखा अधिकृत

५.

श्री नवीन भट्टराई

शाखा अधिकृत

६.

श्री मुनाकुमारी पोखरेल

नायव सुब्बा

७.

 श्री  डालिमा कुमाल

   कार्यालय सहयोगी

 

सचिवालय
टेलिफोन / फ्याक्स नं. ४२००२७७
parl_hearing@parliament.gov.np
 

 

समिति

पद्म प्रसाद पाण्डेय,
समिति सचिव/ महासचिव
...