राष्ट्रिय सरोकार तथा समन्वय समिति
संक्षिप्त परिचय:
नेपालको संविधानको धारा ८३ मा प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक व्यवस्थापिका हुने जसलाई संघीय संसद भनिने ब्यवस्था रहेको छ । संसदको औपचारिक प्रकृतिको कार्यप्रद्धति, आवधिक रुपमा हुने संसद अधिवेशन, संसदको कार्यबोझ एवं समयको सीमितता जस्ता कुराहरुलाई मध्यनजर राखी संसद अधिवेशन नचलेको अवस्थामा समेत सरकारका निकायको काम कामकारवाहीको निरन्तर निगरानी गर्न, बिषयहरुमा गहन छलफल गर्न, महत्वपूर्ण बिषयहरुमा विज्ञहरुको समेत राय तथा सुझाव प्राप्त गर्न, संसदका नियमित र आकस्मिक कार्यहरुलाई निरन्तर रुपमा अगाडी बढाउन Mini Parliament को रुपमा संसद अन्तर्गत विभिन्न समितिहरु गठन हुन्छन् । नेपालको संविधानको धारा ९७(१) मा प्रतिनिधि सभा र राष्ट्रिय सभाले संघीय कानून बमोजिम समितिहरु गठन गर्न सक्ने ब्यबस्था रहेको छ । सोहि प्रावधान बमोजिम राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४७ को उपनियम (१) मा सरकारलाई राष्ट्रिय सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन , सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्याकंन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन राष्ट्रिय सभा अन्तर्गत चारवटा बिषयगत समिति रहेका छन् । सोहि ब्यबस्था अनुरुप नियमावलीले यस समितिको कार्यक्षेत्र देहाय बमोजिम उल्लेख गरेको छ ।
तहगत राज्य संरचनाको विकासमा समन्वय,
राष्ट्रिय सम्पदा,
मानव अधिकार तथा परराष्ट्र सम्बन्ध,
सन्धि सम्झौताको कार्यान्वयनको अवस्था,
समन्यायिक विकासको अवस्था,
पिछडिएको क्षेत्र, समुदाय, संस्कृति,
राष्ट्रिय गौरवका आयोजना,
राष्ट्रिय सुरक्षा र
संवैधानिक आयोग सम्बन्धि विषय
समितिको गठनः
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४७ बमोजिम गठित यस समितिमा राष्ट्रिय सभाको वि.सं. २०७५ साउन १७ गते बसेको बैठकबाट उक्त नियमावलीको नियम १४९ को उपनियम(१) बमोजिम १५ जना माननीय सदस्यहरु मनोनयन गरिएको थियो ।
समितिको कार्य क्षेत्रः
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४७ बमोजिम राष्ट्रिय सरोकार तथा समन्वय समितिको कार्यक्षेत्र देहाय बमोजिम रहने छ:
“तहगत राज्य संरचनाको विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानव अधिकार तथा परराष्ट्र सम्बन्ध, सन्धि सम्झौताको कार्यान्वयनको अवस्था, समन्यायीक विकासको अवस्था, पिछडिएको क्षेत्र, समुदाय, संस्कृती, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सुरक्षा र संवैधानिक आयोग सम्बन्धी विषय” ।
समिति सचिवालय :
क्र.सं. | पद | नाम थर |
१ | समिति सचिव | श्री सीता काफ्ले वाग्ले |
२ | उपसचिव | श्री दशरथ धमला |
३ | उपसचिव | श्री सरिता रानामगर |
४ | शाखा अधिकृत | श्री नारायण बहादुर कार्की |
५ | नायब सुब्बा | श्री मुना रेग्मी |
६ | का.स. (करार) | श्री श्याम कुमारी घर्ती |
७ |
फ्याक्स नंं: