विधायन व्यवस्थापन समिति

समितिको काम, कर्तव्य र अधिकार:

राष्ट्रिय सभामा प्राप्त विधेयकमाथि छलफल तथा विधेयक व्यवस्थापन र ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धान कार्यका लागि समितिले निम्न कार्यहरु गर्न सक्नेछ:

१. समितिले आफ्नो जिम्मेवारी अन्तर्गतको कार्य सु-व्यवस्थित ढङ्गले सञ्चालन गर्ने सन्दर्भमा आवश्यक निर्देशिका, कार्यविधि, कार्ययोजना र कार्यतालिका बनाइ लागू गर्न सक्नेछ ।

२. समितिले कुनै विषयमाथि छलफल हुँदा आवश्यक ठानेमा सम्बन्धित पक्ष वा हित समूहका प्रतिनिधि र विशेषज्ञलाइ समेत आमन्त्रण गरी सुझाव लिन सक्नेछ ।

३. समितिको कार्यसम्पादनको सिलसिलामा समितिका सदस्यले अध्यक्षको पूर्व स्वीकृति लिइ आवश्यक स्थानको अनुगमन तथा अध्ययन भ्रमण गर्न सक्नेछ ।

४. समितिले आफ्नो कामको निमित्त आवश्यक कुनै कागजपत्र झिकाउन वा सम्बन्धित व्यक्ति वा सरकारी अधिकारीलार्इ उपस्थित गराउन सक्नेछ ।

५. यसरी उपस्थित गराइएको व्यक्ति वा सरकारी पदाधिकारीलार्इ समितिले आवश्यक भएमा बयान लिन र बकपत्र गराउन सक्नेछ ।

६. बयान वा बकपत्र गराउदा समितिले निर्धारण गरेको बिधि बमोजिम हुनेछ ।

७. समितिबाट पारित जुनसुकै प्रतिवेदन सभापतिले सभाको अधिवेशन चलिरहेको अवस्थामा सभामा पेश गर्नु पर्नेछ ।

८‍.  समितिले आर्थिक बर्ष समाप्त भएको मितिले तीन महिनाभित्र समितिले सम्पादन गरेका काम कारबाही समेटी तयार पारेको प्रतिवेदन सभा समक्ष पेश गर्नु पर्नेछ ।

९.  बैठकमा पेश भएका प्रतिवेदन सम्बन्धित मन्त्रीले कार्यान्वयन गर्नु पर्नेछ ।

१०. समितिले आफ्नो वार्षिक प्रतिवेदन कार्यान्वयन भए नभएको अनुगमन एवं मूल्याङ्कन गरी सोको प्रतिवेदन बैठकमा पेश गर्न सक्नेछ ।