विधायन व्यवस्थापन समितिको बैठक सम्बन्धी सूचना
मितिः २०८२/०४/१९
सूचना
संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको १०५ औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
छलफलका विषयहरूः
- जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल
- विविध ।
कार्यक्रमः-
मितिः २०८२ साउन २० गते, मंगलबार
समयः दिनको १:०० बजे ।
स्थानः समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २ चौथो तल्ला कोठा नं ५१४)