विधायन व्यवस्थापन समितिको बैठक सम्बन्धी सूचना
मितिः २०८१/०८/०५
सूचना
संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको १५ औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
छलफलका विषयहरूः
- नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल, ,
- विविध ।
कार्यक्रमः-
मितिः २०८१ मंसिर ०६ गते, बिहीबार।
समयः दिनको २:०० बजे ।
स्थानः समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २ चौथो तल्ला कोठा नं ५१४)