बकर इद पर्वको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले व्यक्त गर्नुभएको शुभकामना सन्देश
बकर इदको हार्दिक शुभकामना
इस्लाम धर्मालम्बीहरुको पवित्र पर्व बकर इद (इद–उल–अजहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
त्याग, समर्पण, मानवता, सहिष्णुता र परोपकारको सन्देश बोकेको यस पर्वले धार्मिक तथा सांस्कृतिक सद्भावलाई अझ सुदृढ बनाउँदै आपसी एकता, भ्रातृत्व र सामाजिक सहकार्यको भावना अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।
नेपाली जनताको ठुलो त्याग र बलिदानबाट २०७२ सालमा जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषतासहितको राष्ट्रका रूपमा परिभाषित गरेको छ। विविधताबीचको एकता हाम्रो राष्ट्रिय शक्ति र सभ्यताको पहिचान हो। यस्ता पर्वहरूले नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहअस्तित्वको संस्कृतिलाई अझ सशक्त बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास लिएको छु।
यस अवसरले सबै नेपाली नागरिकमा शान्ति, समृद्धि, सामाजिक न्याय र पारस्परिक सद्भावको भावना अभिवृद्धि गर्दै समुन्नत राष्ट्र निर्माणका लागि थप प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु। फेरि पनि बकर इदको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
वि.सं. २०८३ जेठ १४ । ने.सं. ११४६ अनलाथ्वः १२, बिहीबार
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा