प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न


 प्रत्यायोजित व्यव्थापन तथा सरकारी आश्वासन समितिले आयोजना गरेको प्रत्यायोजित विधायन सम्बन्धी अन्तरक्रिया कार्यक्रम २०७६ जेष्ठ ०९ गते संघीय संसद सचिवालय सिंहदरवारको परिसरमा सफलतापूर्वक सम्पन्न भएको छ ।

विहान ७ः०० बजेदेखि शुरु भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष, विशेष अतिथि नेपाल सरकारका कानुन  मन्त्रि माननीय श्री भानुभक्त ढकाल, विशेष अतिथि राष्ट्रिय  सभाका उपाध्यक्ष माननीय श्री शशिकला दहाल, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सचेतक, संघीय संसदका महासचिव, संघीय संसद , राष्टपति कार्यालय,उपराष्टपति, मन्त्रिपरिषद् लगायत विभिन्न मन्त्रालय, संबैधानिक अंग, सर्वोच्च अदालत वार एशोसिएसन, न्याय परिषद आदिका विशिष्ट श्रेणीका अधिकृत (सचिव), कानुन महाशाखा/शाखा प्रमुखको विशेष सहभागिता रहेको थियो ।यस चरणको कार्यक्रम राष्ट्रिय सभाका सम्मानीय अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिनाद्बारा कम्प्यूटर प्रविधिबाट उद्घाटन गरिएको  थियो ।

त्यस्तै, १ः३० बजेदेखि शुरु भएको दोस्रो चरणको कार्यक्रममा संघीय संसदका विभिन्न विषयगत समितिका सभापति, उक्त समितिका सचिव तथा विभिन्न राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक तथा सचेतकहरुको  सहभागितालाई केन्द्रमा राखेर संचालन गरिएको थियो । यस चरणको कार्यक्रम प्रतिनिधि सभाका सम्मानीय सभामुख श्री कृष्ण बहादुर महराज्यूद्बारा समुदघाटन गरिएको थियो भने दुबै  चरणको कार्यक्रमको सभापतित्व प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति माननीय श्री रामनारायण विडारीले गर्नुभएको थियो ।

कार्यक्रममा चारजना  विज्ञहरु माधव पौडेल, टेक प्रसाद ढुंगाना, रमेश ढकाल र तिर्थमान शाक्य बाट भएको  विषयवस्तुको प्रसतुतिपछि हरेक सत्रमा प्रत्यायोजित विधायनका सिद्धान्त, अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा देखिएका व्यवहारिक समस्याहरुबारे अनुभव आदान-प्रदान तथा प्रश्नोतर मार्फत छलफल भएको थियो ।कार्यक्रम ५ः३० बजे विधिवत् रुपमा समपन्न भएको थियो ।