नाम: लिला कुमारी भण्डारी
उमेर: 49 बर्ष
बिस्तृत विवरण
विस्तृत विवरण
नाम: लीला कुमारी भण्डारी
जन्म मिति : २०३३ भाद्र २९ गते
जन्मस्थान: धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोक कैलाली
स्थायी ठेगाना: धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारी कैलाली
माता: अम्बिका भण्डारी
पिता: गणपति भण्डारी
पति: स्व. टिकाराम मिश्र
छोरी: दीपिका भण्डारी
 
शिक्षा
वि. स. २०५३ सालमा श्री फुलबारी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण
वि. स. २०५४ सालमा कैलाली बहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र तह अध्ययन गर्दागर्दै भूमिगत
 
राजनीतिक पृष्ठभूमि र जिम्मेवारी
वि.स. २०४७ सालमा अनेरास्ववियु स्कुल प्रारम्भिक कमिटीमा आबद्ध
वि.स. २०५४ सालमा कैलाली बहुमुखी क्याम्पस प्रारम्भिक कमिटीमा संगठित
वि.स.२०५५ सालमा तत्कालीन नेकपा माओवादीबाट भूमिगत
वि.स. २०५६ सालमा नेकपा माओवादीको एरिया कमिटी सदस्य को जिम्मेवारी प्राप्त
वि.स.२०५७ सालमा नेकपा माओवादीको जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्राप्त
वि.स.२०५८ सालमा नेकपा माओवादीको सेती महाकाली ब्युरो सदस्यको जिम्मेवारी प्राप्त
वि.स.२०६० सालमा नेकपा माओवादीको चुरे विशेष जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त
वि.स.२०६२ सालमा नेपाल कम्युनिस्ट पार्टी माओवादीको कञ्चनपुर जिल्ला सेक्रेटरीको जिम्मेवारी प्राप्त
वि.स.२०६३ सालमा नेपाल कम्युनिष्ट पार्टी माओवादी बर्दिया जिल्लाको सह इन्चार्जको जिम्मेवारी प्राप्त
वि.स.२०६४ सालको संविधानसभामा कैलाली क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष निर्वाचित
वि.स.२०६४ सालमा नेपाल कम्युनिस्ट पार्टी माओवादीको केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त
वि.स.२०६७ सालमा शिक्षा राज्यमन्त्रीको जिम्मेवारी प्राप्त
वि.स.२०६४ देखि वि.स.२०६८ सालसम्म संविधानसभाको न्याय प्रणाली सम्बन्धी समितिमा र व्यवस्थापिका संसदमा महिला बालबालिका तथा समाजकल्याण समितिमा रही काम गरेको
वि.स.२०६८ सालमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरो सदस्यको जिम्मेवारी प्राप्त
वि.स.२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ६ बाट पराजित
वि.स.२०७५ सालमा नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त
वि.स.२०७५ सालमा नेपाल सरकारको तर्फबाट विभिन्न भुमिगत र सशस्त्र समुहसँग वार्तागर्न गठन गरिएको टोलीको सदस्यमा नियुक्त
वि.स.२०७६ सालमा नेकपा एमालेको कैलाली जिल्लाको सह इन्चार्जको जिम्मेवारी प्राप्त
वि.स.२०७८ सालमा नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई पोलिटब्युरो सदस्यको जिम्मेवारी प्राप्त
वि.स.२०७९ सालमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सह इन्चार्जको जिम्मेवारी प्राप्त
वि.स.२०८० सालमा नेकपा एमाले डोटी जिल्ला कमिटीको इन्चार्जको जिम्मेवारी प्राप्त
वि.स.२०८२ सालमा नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित
वि.स.२०८२ सालमा नेपाल कम्युनिष्ट पार्टी एमालेको कैलाली जिल्ला कमिटी इन्चार्जको जिम्मेवारी प्राप्त
वि.स.२०८२ साल माघ ११ गते सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित
वि.स.२०८२ साल चैत्र २३ गते राष्ट्रिय सभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित
राष्ट्रिय सभा उपाध्यक्ष , 2082