अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखा
संघीय संसद सचिवालयको महाशाखाहरु मध्ये अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा पनि एक महत्वपूर्ण महाशाखा हो। यस महाशाखा अन्तर्गत अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखा क्रियाशील छ । संघीय संसद र सचिवालयको वैदेशिक तथा अन्तर्राष्ट्रिय मामिला सम्बन्धी नीतिगत कार्य महाशाखाले गर्छ भने कार्यसञ्चालनस्तरीय कार्य अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाले गर्छ । शाखाको मुख्य उद्देश्य भनेको संघीय संसद सचिवालय तथा समग्रमा संघीय संसदकै लक्ष्य, उद्देश्य वा मुख्य कार्यहरुमा सहकारी र सहयोगी भूमिका निर्वाह गर्नु हो तथापी संघीय संसदलाई अन्तर्राष्ट्रिय समुदायमा प्रभावकारी रूपमा प्रस्तुत गर्न, संसदीय कूटनीतिलाई सुदृढ गर्न, अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रतिनिधित्व गर्न, सम्बन्ध विस्तार र सहकार्य गर्न सम्पर्क सूत्र र प्रशासनिक भूमिका निर्वाह गर्नु यस महाशाखाको विशिष्ट कार्य जिम्मेवारी हो। यसले नेपालको संसदीय प्रतिनिधिमण्डल तथा वैदेशिक प्रतिनिधिमण्डलको विविध कार्यक्रमहरुमा सहभागिता व्यवस्थित गर्दै अन्तर्राष्ट्रिय गतिविधिहरूलाई योजनाबद्ध, प्रभावकारी र प्रतिफलयुक्त बनाउन विशेष भूमिका खेल्छ। यस शाखाले नेपालको संघीय संसदलाई अन्तर्राष्ट्रिय स्तरमा संसदीय कूटनीति प्रबर्द्धन गर्ने, विस्तार गर्ने तथा वैश्विक तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु र मित्रराष्ट्रहरुको कुटनितिक नियोग तथा राजदूतावासहरुसँग नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत सम्बन्ध स्थापित गरि समन्वय र सहकार्यलाई व्यवस्थापन गर्ने प्रशासनिक संयन्त्रको रुपमा महत्वपूर्ण जिम्मेवारी बहन गर्दछ। कूटनीतिक राहदानी तथा भर्बल नोट सिफारिस सम्बन्धी कार्य, शिष्टाचार भेटघाट व्यवस्थापन, संसदीय प्रतिनिधिमण्डलको भ्रमण व्यवस्थापन र संसदीय मैत्री समूहहरुको सचिवालयको काम गर्नु यस शाखाको प्रमुख दायित्व हो ।
अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखामा कार्यरत कर्मचारीहरुको विवरण:
| 1 |
श्री भानु पोख्रेल
उपसचिवसम्पर्क नं.:- ९८४१९३६७४२ |
![]() |
| 2 | श्री सपना सापकोटा शाखा अधिकृत सम्पर्क नं.:- ९८४१४७९३४२ इ-मेल: |
![]() |
| 3 | श्री नविन कुमार सिंह नायब सुब्बा सम्पर्क नं.:- ९८४३७५५५६६ इ-मेल:primakiran@gmail.com |
![]() |
| 4 | श्री प्रवेश राई नायब सुब्बा सम्पर्क नं.:- ९८२८७८४५०७ इ-मेल:raiprabeshchams@gmail.com |
![]() |
| 5 | श्री शोभा लक्ष्मी लामा कार्यालय सहयोगी |
![]() |
ir.nepal.parliament@gmail.com

