राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)
संक्षिप्त परिचय:
संसदीय शासन प्रणालीमा सरकार प्रत्यक्ष रूपमा संसद्प्रति उत्तरदायी र जवाफदेही हुने हुनाले उसको गतिविधि तथा कार्यशैलीका सम्बन्धमा संसद्मा नियमित रूपमा छलफल हुने गर्दछ । संसद्को कार्यबोझ, आवधिक रुपमा चल्ने अधिवेशन, सीमित समय, हरेक निकायमा गहन ढङ्गले अध्ययन गर्न नसकिने अवस्था आदिलाई मध्यनजर गर्दै संसद्को भूमिकामा ओझेल नपर्ने गरी संसद्का नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसद्ले आफ्ना सदस्यहरु रहने गरी कानून बमोजिम विभिन्न समितिहरु गठन गर्छ ।
नेपालको संविधानको भाग - ४ मा उल्लिखित निर्देशक सिद्धान्त, नीति तथा दायित्व राज्य सञ्चालनको मार्गनिर्देशनका रुपमा रहने र उक्त सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन गर्न राज्यले आवश्यकता अनुसार स्रोत साधनको परिचालन गर्नु, गराउनु पर्ने संवैधानिक व्यवस्था छ । साथै नेपालको संविधानको धारा ५४ मा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गर्न सङ्घीय संसद्मा कानून बमोजिम एक समिति रहने संवैधानिक व्यवस्था छ । त्यसैगरी नेपालको संविधानको धारा ९७ को उपदफा (१) को “प्रतिनिधि सभा र राष्ट्रिय सभाले सङ्घीय कानून बमोजिम समितिहरू गठन गर्न सक्नेछन् ” भन्ने व्यवस्था रहेको छ । यसका साथै सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को परिच्छेद - ६ को नियम २८ मा संविधानको धारा ५४ बमोजिमका राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गर्नको लागि एक संयुक्त समिति रहने र सो समितिमा प्रतिनिधि सभाको सहमति लिई सभामुखले मनोनीत गरेको प्रतिनिधि सभाका १२ जना र राष्ट्रिय सभाको सहमति लिई अध्यक्षले मनोनीत गरेका राष्ट्रिय सभाका ३ जना समेत गरी जम्मा १५ जना सदस्य रहने व्यवस्था गरे बमोजिम सङ्घीय संसद्मा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्ककन समिति नामक संयुक्त समितिको गठन भएको हो ।
समितिको कार्यक्षेत्रः
नेपालको संविधानको धारा ५४ मा रहेको व्यवस्था तथा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० बमोजिम नेपालको संविधानको भाग - ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गर्नु राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्ककन समितिको मुख्य कार्यक्षेत्र रहेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम ३१ अनुसार संयुक्त समितिको कार्यसञ्चालनको लागि प्रतिनिधि सभाको कार्यसञ्चालन गर्न बनेको नियमावली बमोजिमको प्रक्रियालाई सभामुखले आवश्यकता अनुसार लागू गर्न निर्देशन दिन सक्नेछ । त्यसैगरी प्रतिनिधि सभाको कार्यसञ्चालन गर्न बनेको नियमावली बमोजिम गठित समितिलाई भएको सबै अधिकार यस समितिले आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछ ।
समितिको गठनः
नेपालको संविधानको धारा ५४ र धारा ९७ तथा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को व्यवस्था बमोजिम गठित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा राष्ट्रिय सभाको मिति २०८२/१२/२७ गते बसेको बैठकले ३ जना माननीय सदस्यहरु र प्रतिनिधि सभाको मिति २०८२/१२/२७ गते बसेको बैठकले १२ जना माननीय सदस्यहरुको नाम अनुमोदन गरेको थियो। सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को व्यवस्था बमोजिम समितिको मिति २०८३/०१/०४ गते बसेको पहिलो बैठकले समितिका सदस्य माननीय गणेश कार्कीलाई समितिको सभापतिमा निर्वाचित गरेको थियो।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा हाल रहनुभएका १५ जना सदस्यहरुको विवरण देहाय बमोजिम रहेको छ:
समिति सचिवालय:
सङ्घीय संसद् सचिवालय अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सचिवालय रहेको छ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम ९ मा महासचिव संयुक्त बैठक र संयुक्त समितिको पदेन सचिव हुने व्यवस्था रहेको छ । तर महासचिवले प्रतिनिधि सभाको सचिव वा राष्ट्रिय सभाको सचिवलाई संयुक्त बैठक वा संयुक्त समितिमा सचिव भई काम गर्न खटाउन सक्ने प्रावधान समेत उक्त नियमावलीको सो नियमले व्यवस्था गरेको छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा हाल कार्यरत कर्मचारीहरुको विवरण देहाय बमोजिम रहेको छ:
अन्य जानकारीका लागि:
सम्पर्क ठेगाना: राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सचिवालय (भवन नं.१, कोठा नं. ५०९),
सङ्घीय संसद् सचिवालय, सिंहदरबार ।
सम्पर्क नम्बर: ०१ – ४२००४९६
इमेल ठेगाना: statedirective@parliament.gov.np

| क्र.स. | माननीय सदस्यको नाम, थर | सम्पर्क नं. | सङ्घीय संसद्को सम्बन्धित सभा |
संवद्ध राजनीतिक दल/ स्वतन्त्र/ मनोनित |
| १. | माननीय गणेश कार्की - सभापति | ९८५२०३४७४३ | प्रतिनिधि सभा | राष्ट्रिय स्वतन्त्र पार्टी |
| २. | माननीय डा. अंकिता ठाकुर | ९७०५२६२८८८ | प्रतिनिधि सभा | राष्ट्रिय स्वतन्त्र पार्टी |
| ३. | माननीय डा. अन्जान शाक्य | ९८६४४७७४२४ | राष्ट्रिय सभा | मनोनीत |
| ४. | माननीय किरण बाबु श्रेष्ठ | ९८५१२३५००३ | राष्ट्रिय सभा | नेपाली काँग्रेस |
| ५. | माननीय गीता गुरुङ | ९८५१०६७६५३ | प्रतिनिधि सभा | नेपाली काँग्रेस |
| ६. | माननीय जनक राज गिरी | ९८५१२१००९४ | प्रतिनिधि सभा | नेपाली काँग्रेस |
| ७. | माननीय प्रा.डा. पुष्पराज कंडेल | ९८५१०१८००९ | प्रतिनिधि सभा | नेपाल कम्युनिष्ट पार्टी(एमाले) |
| ८. | माननीय प्रकाशचन्द्र परियार | ९८५११९४७०० | प्रतिनिधि सभा | राष्ट्रिय स्वतन्त्र पार्टी |
| ९. | माननीय प्रमेश कुमार हमाल | ९८५१०२६९५६ | प्रतिनिधि सभा | नेपाली कम्युनिष्ट पार्टी |
| १०. | माननीय मदन कुमारी शाह (गरिमा) | ९८४१३५७७४९ | राष्ट्रिय सभा | नेपाली कम्युनिष्ट पार्टी |
| ११. | माननीय रमेश प्रसाई | ९८०४९४३९४६ | प्रतिनिधि सभा | राष्ट्रिय स्वतन्त्र पार्टी |
| १२. | माननीय डा. राम लामा | ९८०१०१२८१५ | प्रतिनिधि सभा | राष्ट्रिय स्वतन्त्र पार्टी |
| १३. | माननीय रिमा विश्वकर्मा | ९८४९२०२९१६ | प्रतिनिधि सभा | राष्ट्रिय स्वतन्त्र पार्टी |
| १४. | माननीय सुरेन्द्र चौधरी | ९८४३६८६८५२ | प्रतिनिधि सभा | राष्ट्रिय स्वतन्त्र पार्टी |
| १५. | माननीय सुशान्त वैदिक | ९८५११८०५१७ | प्रतिनिधि सभा | राष्ट्रिय स्वतन्त्र पार्टी |
समिति सचिवालय:
सङ्घीय संसद् सचिवालय अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सचिवालय रहेको छ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम ९ मा महासचिव संयुक्त बैठक र संयुक्त समितिको पदेन सचिव हुने व्यवस्था रहेको छ । तर महासचिवले प्रतिनिधि सभाको सचिव वा राष्ट्रिय सभाको सचिवलाई संयुक्त बैठक वा संयुक्त समितिमा सचिव भई काम गर्न खटाउन सक्ने प्रावधान समेत उक्त नियमावलीको सो नियमले व्यवस्था गरेको छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा हाल कार्यरत कर्मचारीहरुको विवरण देहाय बमोजिम रहेको छ:
| क्र.स. | कर्मचारीको नाम, थर | पद | सम्पर्क नं. |
| १. | श्री लक्ष्मी प्रसाद गौतम | समिति सचिव | ९८४१२८१९८३ |
| २. | श्री जीवन कुमार निरौला | शाखा अधिकृत | ९८४१४१४२३७ |
| ३. | श्री बालकृष्ण मिश्र | शाखा अधिकृत(कानून) | ९८४१३६१८६० |
| ४. | श्री मोहन बोलखे | नायब सुब्बा | ९८६५२१६१११ |
| ५. | श्री स्वस्तिका भट्टराई | कार्यालय सहयोगी | ९८२४९०७३९६ |