दैनिक कार्यसूची : २०७८ साउन १८, सोमवार
संघीय संसद राष्ट्रिय सभा नवौँ अधिवेशन बैठक - ६ २०७८ साउन १८ गते सोमवार दैनिक कार्यसूची |
||||||||
व्यवस्थापन कार्य | ||||||||
१. | विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले “स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन” सभा समक्ष पेश गर्नुहुने। | |||||||
२. | सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालेः- | |||||||
(क) | विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरिकयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। | |||||||
(ख) | “नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। | |||||||
(ग) | विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। | |||||||
(घ) | “नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। | |||||||
शोक प्रस्ताव | ||||||||
३. | सम्माननीय अध्यक्षले पूर्व प्रतिनिधि सभा सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने। | |||||||
(डा. भरतराज गौतम)
संघीय संसदको महासचिव |