Parliamentary Hearing Committee-2082

संक्षिप्‍त परिचय:
कार्यकारिणीले सार्वजनिक महत्त्वका पदमा नियुक्तिका लागि प्रस्ताव गरेका व्यक्तिहरु तथा पदाधिकारीहरुको दक्षता, क्षमता र इमान्दारिता व्यवस्थापिका द्वारा परीक्षण गरी  कार्यपालिकालाई व्यवस्थापिकाप्रति उत्तरदायी र जवाफदेही तुल्याउने लोकतान्त्रिक प्रक्रिया संसदीय सुनुवाइ हो । नेपालको संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानून बमोजिम संसदीय सुनुवाइ हुने छ भन्‍ने व्यवस्था गरिएको छ ।

उक्त धाराको उपधारा (२) मा उपधारा (१) को प्रयोजनका लागि संघीय संसदका दुबै सदनका सदस्यहरु रहने गरी संघीय कानून बमोजिम पन्ध्र सदस्यीय एक संयुक्त समिति गठन गरिने प्रावधान छ ।यसैगरी, सोही धाराको उपधारा (३) मा उपधारा (२) बमोजिमको गठित संयुक्त समितमा रहने सदस्यले संघीय संसदको उक्त कार्यकालभर सर्वोच्च अदालतमा उपस्थित भइ बहस पैरवी गर्न नपाउने प्रावधान राखिएको छ ।

समितिको गठनः 
नेपालको संविधानको धारा २९२ को उपधारा (२) को संवैधानिक व्यवस्थाअनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को परिच्छेद ५ को  नियम २५ बमोजिम प्रतिनिधि सभाका १२ जना माननीय सदस्य र राष्‍ट्रिय सभाका ३ जना माननीय सदस्य रहने प्रावधान रहेको छ । सोही प्रावधानबमोजिम  मिति २०८२/१२/२७ को प्रतिनिधि सभाको निर्णयबमोजिमका १२ जना र मिति २०८२/१२/२७ को राष्ट्रिय सभाको निर्णयबमोजिमका ३ जना सदस्यहरु गरी जम्मा १५ जना माननीय सदस्यहरुको विवरण देहायबमोजिम रहेको छ। 

समितिमा कायम रहनुभएका माननीय सदस्यहरूः
क्र.स. मा. सदस्यहरूको नाम, थर जिल्ला/
निर्वाचन क्षेत्र
राजनीतिक दल सम्पर्क नं. सभा
१. मा. बोध नारायण श्रेष्ठ
(समिति सभापति)
धादिङ-२ राष्ट्रिय स्वतन्त्र पार्टी ९८५१११३५१० प्रतिनिधि सभा
२. मा. अर्जुन नरसिंह के.सी. नुवाकोट नेपाली कांग्रेस ९८५१०३२४०५ प्रतिनिधि सभा
३. मा. आनन्द प्रसाद ढुँगाना धनुषा नेपाली कांग्रेस ९८५११६६६०५ राष्ट्रिय सभा
४. मा.कविन्द्र बुर्लाकोटी गोरखा-२ राष्ट्रिय स्वतन्त्र पार्टी ९८५१२२०६९९ प्रतिनिधि सभा
५. मा. गजाला शमीम मिकरानी रौतहट राष्ट्रिय स्वतन्त्र पार्टी ९८४३७५६००६ प्रतिनिधि सभा
६. मा. दिपक राज बोहरा कञ्‍चनपुर-२ राष्ट्रिय स्वतन्त्र पार्टी ९८४१२३५२४८ प्रतिनिधि सभा
७. मा. नर बहादुर विष्ट सुर्खेत नेपाली कम्युनिष्ट पार्टी ९८५११३२९१५ राष्ट्रिय सभा
८. मा. पद्मा कुमारी अर्याल स्याङजा नेकपा (एमाले) ९८५६०४४२२६ प्रतिनिधि सभा
९. मा. पुनम कुमारी अग्रवाल सिराहा राष्ट्रिय स्वतन्त्र पार्टी ९८१६७५८८९३ प्रतिनिधि सभा
१०. मा. प्रेम प्रसाद दंगाल खोटाङ्ग नेकपा (एमाले) ९८५१०८७७७१ राष्ट्रिय सभा
११. मा. बर्षमान पुन रोल्पा-१ नेपाली कम्युनिष्ट पार्टी ९८५११३१००० प्रतिनिधि सभा
१२. मा. भिष्मराज आङ्‍देम्बे पाँचथर नेपाली कांग्रेस ९८४१४६८५४५ प्रतिनिधि सभा
१३. मा. मधु कुमार चौलागाई काभ्रेपलाञ्‍चोक-१ राष्ट्रिय स्वतन्त्र पार्टी ९८५१०८७६१० प्रतिनिधि सभा
१४. मा. राजिव खत्री भक्तपुर-२ राष्ट्रिय स्वतन्त्र पार्टी ९८५१०३३५७२ प्रतिनिधि सभा
१५. मा‍‍. डा. लेखजंग थापा रूपन्देही-३ राष्ट्रिय स्वतन्त्र पार्टी ९७०५०९०५११ प्रतिनिधि सभा
 
समितिको सभापति:
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८०  को नियम २५ को उपनियम (४) मा समितिका सदस्यहरुले आफूमध्येबाट  समितिको सभापतिको चयन  गर्ने व्यबस्था छ ।

समितिको कार्यक्षेत्र:
नेपालको संविधानको धारा २९२ को उपधारा (१) को व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० बमोजिम  देहायका पदाधिकारीको संसदीय सुनुवाइ गरिने :
     - संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश,
     - सर्वोच्च अदालतका न्यायाधीश,
     - न्याय परिषदका सदस्य,
     - संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र
     - राजदूतको पदमा नियुक्ति हुने व्यक्ति ।

समितिको बैठक :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८०  को नियम २६ को उपनियम ४ मा समितिको बैठक आवश्यकताअनुसार सभापतिले बोलाउने ब्यवस्था रहेको छ ।

गणपूरक सङ्ख्या :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ४ मा समितिको बैठकमा गणपुरक संख्यासम्बन्धमा देहायबमोजिमको व्यवस्था रहेको छः
  • समितिको बैठक बस्नका लागि समितिका सम्पूर्ण सदस्य सङ्ख्याको एकाउन्न प्रतिशत सदस्यको उपस्थिति अनिवार्य हुनेछ ।
समितिको निर्णय :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ मा समितिको बैठकको निर्णय सम्बन्धी देहायबमोजिमको व्यवस्था रहेको छः
  • उपनियम १ बमोजिम प्राप्त नाम समितिको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने छ ।
समिति सचिवालय :
संघीय संसद सचिवालयअन्तर्गत संसदीय सुनुवाइ समितिको सचिवालय रहेको छ । महासचिव संयुक्त बैठक र स‌ंयुक्त समितिको पदेन सचिव हुने व्यवस्था नियमावलीमा रहेको छ । तर, महासचिवले प्रतिनिधि सभाको सचिव वा राष्ट्रिय सभाको सचिवलाई संयुक्त बैठक वा संयुक्त समितिमा सचिव भई काम गर्न खटाउन सक्ने प्रावधान छ ।

समिति सचिवालयमा कार्यरत कर्मचारीहरुः
क्र.सं. नाम, थर पद सम्पर्क नं. ‌ईमेल
१. श्री तुल बहादुर कंडेल सचिव, राष्ट्रिय सभा ९८५१०५४३८४ tulakandel82@gmail.com
२. श्री लक्ष्मी प्रसाद गौतम सहसचिव (कानुन) ९८४१२८१९८३ gautamtaplejung@gmail.com
३. श्री साबित्रा शर्मा उपसचिव ९८४१५९४३३२ rekhaandline@gmail.com
४. श्री सीता पोख्रेल शाखा अधिकृत ९८४८१२११९७ sitapokhrel1983@gmail.com
५. श्री विजय कुमार भट्टराई शाखा अधिकृत ९८४९३९२५९० vijaybashistha68@gmail.com
६. श्री पूजा अर्याल नायब सुब्बा ९८५१२८६०३९ poojaaryal084@gmail.com
७. श्री अस्मि बुढा मगर कार्यालय सहयोगी ९८४४९६३२६१  
 
कार्यालयः सम्पर्कः  
संसदीय सुनुवाइ समितिको सचिवालय,
सिंहदरबार
भवन नं. २, दोस्रो तल्ला,कोठा नं. ३१६
फोन नं. ०१-४२००४९३
Email:parl_hearing@parliament.gov.np
 URL: parliament.gov.np
 

Committee Office Bearers

Hon. MemberBodha Narayan Shrestha,
Committee Chairperson
...
Tul Bahadur Kandel,
Committee Secretary
...