Parliamentary Hearing Committee

संक्षिप्‍त परिचय:

कार्यकारिणीले सार्वजनिक महत्त्वका पदमा नियुक्तिका लागि प्रस्ताव गरेका व्यक्तिहरु तथा पदाधिकारीहरुको दक्षता, क्षमता र इमान्दारिता व्यवस्थापिका द्वारा परीक्षण गरी  कार्यपालिकालाई व्यवस्थापिकाप्रति उत्तरदायी र जवाफदेहि तुल्याउने लोकतान्त्रिक प्रकृया संसदीय सुनुवाइ हो । नेपालको संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानून बमोजिम संसदीय सुनुवाइ हुने छ भन्‍ने व्यवस्था गरिएको छ ।
उक्त धाराको उपधारा (२) मा उपधारा (१) को प्रयोजनका लागि संघीय संसदका दुवै सदनका सदस्यहरु रहने गरी संघीय कानून बमोजिम पन्ध्र सदस्यीय एक संयुक्त समिति गठन गरिने प्रावधान छ ।यसैगरी सोही धाराको उपधारा (३) मा उपधारा (२) बमोजिमको गठित संयुक्त समितमा रहने सदस्यले संघीय संसदको उक्त कार्यकालभर सर्वोच्च अदालतमा उपस्थित भइ बहस पैरवी गर्न नपाउने प्रावधान राखिएको छ ।

समितिको गठनः 
नेपालको संविधानको धारा २९२ को उपधारा (२) को संवैधानिक व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को परिच्छेद ५ को  नियम २५ बमोजिम प्रतिनिधि सभाका १२ जना माननीय सदस्य र राष्‍ट्रिय सभाका 3 जना माननीय सदस्य रहने प्रावधान रहेको छ। 
समिति सदस्यहरुको विवरणः
 
क्र.सं मा.सदस्यहरुको नाम,थर जिल्ला/प्रदेश सम्बद्ध दल सम्पर्क नं सभा
  1.  
मा. आनन्द प्रसाद ढुँगाना मधेश नेपाली कांग्रेस 9851166605 राष्‍ट्रिय सभा
  1.  
मा. ईश्वरी घर्ती रोल्पा ने.क.पा. एमाले ९८५७८२४१६५ प्रतिनिधि सभा
  1.  
मा. ईश्वरीदेवी न्यौपाने कैलाली नेपाली कांग्रेस ९८५१२४२१०१ प्रतिनिधि सभा
  1.  
मा. जग प्रसाद शर्मा लुम्बिनी ने.क.पा.माओवादी केन्द्र ९८५१२०६७८९ राष्ट्रिय सभा
  1.  
मा. जनार्दन शर्मा रुकुम पश्‍चिम-१ ने.क.पा.माओवादी केन्द्र ९८५११००४४३ प्रतिनिधि सभा
  1.  
मा. जीवन परियार कास्की नेपाली कांग्रेस ९८५१०६३७२९ प्रतिनिधि सभा
  1.  
मा. डोल प्रसाद अर्याल काठमाडौं राष्‍ट्रिय स्वतन्त्र पार्टी 9851022875 प्रतिनिधि सभा
  1.  
मा. पशुपति शमशेर ज.ब.रा. सिन्धुपाल्चोक राष्ट्रिय प्रजातन्त्र  पार्टी ९८५१०४८९५० प्रतिनिधि सभा
  1.  
मा. प्रकाश अधिकारी सिराहा जनता समाजवादी पार्टी, नेपाल ९८५१०६८८०२ प्रतिनिधि सभा
  1.  
मा. भगवती न्यौपाने गण्डकी ने.क.पा. एमाले 9856063902 राष्‍ट्रिय सभा
  1.  
मा. महेश कुमार बर्तौला मकवानपुर-2 ने.क.पा. एमाले ९८५११७१४५७ प्रतिनिधि सभा
  1.  
मा. लिलानाथ श्रेष्ठ सिराहा-3 ने.क.पा. एमाले ९८५२८३०२९१ प्रतिनिधि सभा
  1.  
मा. श्याम कुमार घिमिरे सिन्धुली-1 नेपाली काङ्ग्रेस 9851074435 प्रतिनिधि सभा
  1.  
मा. सुनिता बराल झापा ने.क.पा. एमाले 9851038123 प्रतिनिधि सभा
  1.  
मा. ज्ञानेन्द्रबहादुर कार्की सुनसरी-4 नेपाली कांग्रेस ९८५१०१४९४० प्रतिनिधि सभा
प्रतिनिधि सभाबाट सदस्य मनोनित भएको मितिः- 2080/02/14
राष्‍ट्रिय सभाबाट सदस्य मनोनित भएको मितिः- 2080/02/14
प्रतिनिधि सभाबाट अन्तिम पटक सदस्य हेरफेर भएको मितिः- 2081/04/08
राष्‍ट्रिय सभाबाट अन्तिम पटक सदस्य हेरफेर भएको मितिः- 2081/04/15

समितिको सभापति:
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८०  को नियम २५ को उपनियम (४) मा समितिका सदस्यहरुले आफुमध्येबाट  समितिको सभापतिको चयन  गर्ने व्यबस्था  छ ।
समितिको कार्यक्षेत्र:
नेपालको संविधानको धारा २९२ को उपधारा (१) को व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० बमोजिम  देहायका पदाधिकारीको संसदीय सुनुवाइ गरिने :

- संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश,
- सर्वोच्च अदालतका न्यायाधीश,
- न्याय परिषदका सदस्य,
- संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र
- राजदूतको पदमा नियुक्ति हुने व्यक्ति ।
समितिको बैठक :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८०  को नियम २६ को उपनियम ४ मा समितिको बैठक आवश्यकता अनुसार सभापतिले बोलाउने ब्यवस्था रहेको छ ।

गणपूरक सङ्ख्या :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ४ मा समितिको बैठकमा गणपुरक संख्या सम्बन्धी देहायबमोजिमको व्यवस्था रहेको छः
  • समितिको बैठक बस्नका लागि समितिका सम्पूर्ण सदस्य सङ्ख्याको एकाउन्न प्रतिशत सदस्यको उपस्थिति अनिवार्य हुनेछ ।
समितिको निर्णय :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ मा समितिको बैठकको निर्णय सम्बन्धी देहायबमोजिमको व्यवस्था रहेको छः
  • उपनियम १ बमोजिम प्राप्त नाम समितिको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने छ ।
समिति सचिवालय :
संघीय संसद सचिवालय अन्तर्गत संसदीय सुनुवाइ समितिको सचिवालय रहेको छ । महासचिव संयुक्त बैठक र स‌ंयुक्त समितिको पदेन  सचिव हुने व्यवस्था नियमावलीमा रहेको छ । तर महासचिवले प्रतिनिधि सभाको सचिव वा राष्ट्रिय सभाको सचिवलाई संयुक्त बैठक वा संयुक्त समितिमा सचिव भई काम गर्न खटाउन सक्ने प्रावधान छ ।
 
 समितिको सचिवालयमा कार्यरत कर्मचारीहरुः
क्र.सं. नाम, थर पद सम्पर्क नं. ‌ईमेल
१. पद्म प्रसाद पाण्डेय संघीय संसदको महासचिव 9851210122 pdmpandey@gmail.com
२. निर्मलादेवी लामिछाने वस्ती सहसचिव  9841701435 ndlosti@gmail.com
३. सिर्जना बराल उपसचिव 9843424158 baralsiru2014@gmail.com
४. नवीन भट्टराई शाखा अधिकृत 9852681241 nabin.nrm@gmail.com
५. कल्याणी घिमिरे शाखा अधिकृत 9843355884 gkalyanee70@gmail.com
६. मनोज रिमाल नायब सुब्बा 9864986918 rimalmanoj2057@gmail.com
7. डालिमा कुमाल कार्यालय सहयोगी 9841458729  
 
कार्यालय सम्पर्क  
संसदीय सुनुवाइ समितिको सचिवालय
सिंहदरबार
भवन नं. १, चौथो तल्ला,कोठा नं. ५०९
फोन नं. ०१-४२००२७७
Email:parl_hearing@parliament.gov.np
 URL: parliament.gov.np