२०७४ चैत्र २ गते दिनको ४:३० बजे बस्ने बैठकको कार्यसूची


 

संघीय संसद

राष्ट्रिय सभा

पहिलो अधिवेशन

बैठक संख्या – ५

दैनिक कार्यसूची

२०७४ चैत्र ०२ गते 

शुक्रबार

दिनको ४ः३० बजे

सम्भावित कार्यसूची

विशेष प्रस्ताव

१. सम्माननीय अध्यक्षले निम्न लिखित विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने ।
“राष्ट्रिय सभाको यो बैठक २०७४ साल फागुन २८ गते सोमवार दिनको २ बजेर १८ मिनेटको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा बंगलादेशको ढाकाबाट काठमाडौं आएको यू.एस.वंगला एयरलाईन्सको उडान यू.बि.जी. २११ को विमान अवतरणको क्रममा दुर्घटना भई आगलागी हुँदा २२ जना नेपाली र चालक दलका सदस्य सहित २८ जना बंगलादेशका तथा १ जना चीनका गरी ५१ जना यात्रुको दुःखद निधन भएको र २० जना घाईते भई विभिन्न अस्पतालहरुमा उपचाररत रहेकोले उक्त घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ । साथै उक्त दुर्घटनामा निधन भएकाहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ र शोक सन्तप्त परिवारहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।”
मनोहरप्रसाद भट्टराई
संघीय संसदको महासचिव
D.P. 074-12-02 2nd.pdf