गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्वाचित


३० फागुन । राष्ट्रियसभाको अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ । सभाको बुधबार बसेको बैठकले तिमिल्सिना निर्विरोध राष्ट्रियसभा अध्यक्ष बनेको घोषणा गरेको हो । राष्ट्रियसभा अध्यक्षमा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो ।

राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उहाँलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरिएको हो ।  तिमिल्सीना प्रदेश ४ बाट राष्ट्रिय सभामा निर्वाचित  हुनुभएको थियो ।