सांसद सुविधा व्यवस्थापन महाशाखा
संसदका सदस्यहरुलाई कानूनद्वारा निर्देशित सेवा सुविधाहरु सकेसम्म एकै स्थानबाट प्रदान गर्नु यो शाखाको मुख्य कार्य हो । यस शाखाले यसका साथै निम्न कार्यहरु सम्पादन गर्ने गर्दछ :
- संसदका सदस्यहरुलाई शपथ ग्रहणका लागि कार्य व्यवस्था शाखासँग समन्वय गरी आवश्यक कार्यहरु गर्ने ।
- संसदका सदस्यहरुको व्यक्तिगत विवरण फाराम खडा गरी अभिलेख राख्ने ।
- संसदको बैठक आव्हान पत्र सदस्यहरुलाई उपलब्ध गराउने ।
- सदस्यहरुलाई बैठकमा भाग लिनुअघि उपस्थिति कक्षमा राखिएको वर्णानुक्रमानुसारको हाजिरी पुस्तिकामा सदस्यको दस्तखत गराउने कार्य गर्ने ।
- मा. सदस्यहरुलाई नेपाल सरकारबाट प्राप्त परिपत्रको जानकारी गराउने ।
- मा. सदस्यहरुको दस्तखतको नमूना संकलन गरी आवश्यकतानुसार प्रमाणित गरी राख्ने ।
- मा. सदस्यहरुलाई हुलाकबाट प्राप्त भएका पत्रहरुका साथै कार्यव्यवस्था शाखा, विधेयक शाखा लगायत अध्यक्ष, महासचिव/सचिवबाट निर्देशित सूचना एवं विधेयकका प्रतिहरु उपलब्ध गराउने ।
- संसदको वैठकको समयमा तोकिए बमोजिमको दर्शक प्रवेश पत्र वितरण सम्बन्धी आवश्यक व्यवस्था गर्ने ।
- संसदको बैठक कक्षभित्र लैजान मनाही गरिएका सरसामानहरु बैठक बाहिरै सुरक्षित राख्ने व्यवस्था मिलाउने ।
- संसदका सदस्य तथा पदाधिकारीहरुको स्वकीय सचिव तथा अन्य कर्मचारीहरुको अभिलेख राखी परिचय पत्र दिने व्यवस्था मिलाउने ।
- कानूनद्वारा निर्देशित भए बमोजिम सभासद् तथा पदाधिकारीहरुलाई टेलिफोन, स्वास्थ्य उपचार लगायतका अन्य सेवा सुविधा सम्बन्धी कार्यहरु गर्ने, गराउने ।
- सभासद्हरुलाई आवश्यक परेमा नेपाल वायुसेवा निगमबाट सरकारी सिटको हवाई टिकटको व्यवस्था मिलाउने ।
- व्यवस्थापिका–संसदको अधिवेशन अन्त्य भएपछि आयोजना गरिने जलपान समारोह अथवा रात्रिभोजको व्यवस्थापन सम्बन्धी आवश्यक कार्यहरु गर्ने ।
कुनै सूचनाहरु छैनन् ।
-
कुनै प्रकाशनहरु छैनन् ।